• १७ आश्विन २०८०, बुधबार
  •      Wed Oct 4 2023
  •   Unicode
Logo
Latest
★   बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए ★   मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु ★   नेपथ्य क्यानाडा भ्रमणको पहिलो शो क्यालगरीमा सम्पन्न ★   चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, कबड्डीमा नेपालको पदकको टुङ्गो केहीबेरमा ★   परराष्ट्र मामिला प्रतिष्ठान र नेफेजबीच सहकार्य गर्न समझदारी  ★   वडादशैंको पुर्वसन्ध्यामा विद्यार्थीको दुर्गा नृत्य र देवीहरुको झाँकी ★   पुल्चोक क्याम्पसको परीक्षा बोर्डका पदाधिकारीले दिए सामुहिक राजीनामा ★   च्याम्पियन्स लिगमा रियलको रोमाञ्चक जित ★   एमसिसी परियोजना: संसदबाट गरिएको व्याख्यात्मक घोषणामा सहमत छौं- सिइओ अल्ब्राइट ★   च्याम्पियन्स लिगमा आर्सनल र म्यान्चेस्टर युनाइटेडको हार

पृथ्वीराजमार्गमा सडक विस्तारका क्रममा ३८४ रुख कटान



file

तनहुँ । पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलबारीदेखि बन्दिपुर–१को स्याउलीसम्म ३८४ रुख कटान गरिएको छ । करिब दश किलोमिटर सडक दूरीअन्तर्गत एक हजार पाँच सय रुख कटान गर्नुपर्नेमा पहिलो चरणमा उक्त सङ्ख्याका रुख कटान गरिएको हो । 

छिमेकी जिल्ला पोखराको चाइना पुलदेखि तनहुँको पूर्वी नाका मुग्लिनपुलसम्म करिब ९० किलोमिटर दूरीमा सडक विस्तार गरिने भएको छ । उक्त मार्गअन्तर्गत तीन वटा निर्माण कम्पनीले तीन प्याकेजमा सडक विस्तारका कार्य गर्नुपर्ने भए पनि हाल दुई प्याकेजमा मात्रै काम भइरहेको गजुरमुखी निर्माण कम्पनीका इञ्जिनीयर कमल श्रेष्ठले जानकारी दिनुभयो । 

जिल्लाको आँबुखैरेनीदेखि म्याग्दे गाउँपालिकाको जामुनेसम्म ४१ किलोमिटर र जामुनेदेखि पोखराको चाइनापुलसम्म ४९ किलोमीटर दूरीमा तीन निर्माण कम्पनीले सडक विस्तारका काम गर्नेछन् । हाल ४१ किलोमिटर दूरीभित्र सडक विस्तारका कार्य भइरहेपनि ४९ किमी क्षेत्रमा काम सुरु नभएको उहाँको भनाइ थियो ।उक्त ४१ किमीमध्ये दश किमी गजुरमुखी निर्माण कम्पनी प्रालिले ठेक्का पाएपछि सडक विस्तारका कार्य गर्दै आएको छ । उक्त कम्पनीका अनुसार ३४ किमी ८०० मिटरदेखि २४ किमी ८०० मिटरभित्रको बाँकी रहेको दश किमी सडक विस्तारका लागि उक्त निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको हो । 

दश किमीमध्ये हालसम्म दुई किमी सडकको रुख काटिएको जानकारी दिँदै उहाँले भन्नुभयो,“सडक कालोपत्र बाहेक अन्य कार्य चौध महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।”कूल रु ६५ करोडमा ठेक्का सम्झौता गरी पाँच वर्ष योजना सम्पन्न गर्नुपर्ने समयसिमा  छ । उक्त क्षेत्रमा अहिले दैनिक ४० देखि ५० जनासम्म जनशक्ति परिचालन गरिएको निर्माण कम्पनीका निर्देशक शान्ता महर्जनले जानकारी दिनुभयो ।