२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस संक्रमित महिलाले चीनमा स्वस्थ बच्चा जन्माइन्



अ+ अ-

कोरोना भाइरसबाट संक्रमित एक गर्भवती महिलाले स्वस्थ बच्चालाई जन्म दिएकी छन् । चीनको उत्तरपूर्वी प्रान्त हेलङजियाङस्थित अरबिन सहरकी महिलाले एउटी छोरीलाई जन्म दिएकी हुन् । बिहीबार ज्वरो बढेपछि ती गर्भवती महिला अरबिन सहरको ६ नम्बर अस्पतालमा जचाउन पुगिन तर परीक्षणपछि उनमा कोरोभाइरस रहेको पुष्टि भयो ।

त्यसपछि चिकित्सकले भाइरस गर्भसम्म फैलिने डरमा ३८औं हप्ता पुगेको महिलाको गर्भलाई सोही दिन अपरेसन (सी सेक्सन विधि) गर्ने निर्णय गरे ।

तर अपरेसनपछि तीन किलोको स्वास्थ्य छोरीको जन्म भएको र उनी पूर्णरुपमा संक्रमणमुक्त रहेको अस्पतालका उपाध्यक्ष ना हुईले बताएका छन् । अस्पतालले गर्भवती महिलाको नाम र उमेर भने सार्वजनिक गरेको छैन ।