२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकगायक बद्री पङ्गेनीको पिताको निधन



अ+ अ-

काठमाडौँ । लोकगायक बद्री पङ्गेनीलाई पितृ शोक परेको छ । उनको पिता बोधराज पङ्गेनीको ७० वर्षको उमेरमा निधन भएको हो । काठमाडौँको धापासीबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै निधन भएको परिवारले जनाएको छ ।

उनी दमसम्बन्धी समस्याबाट पीडित थिए । उनको पाल्पाको रामपुरमा दाहसंस्कार गरिने भएको छ । उनका दुई छोरा र एक छोरी छन् । श्रीमतीको यसअघि नै निधन भइसकेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष पङ्गेनीका पिताको निधनप्रति प्रतिष्ठानका अध्यक्ष रमेश विजीलगायत विभिन्न सङ्घसंस्थाले दुःख व्यक्त गरेका छन् ।