२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस युनियन अध्यक्षमा कोइराला



अ+ अ-

रसुवा । नेपाल प्रेस युनियन रसुवा जिल्ला कार्यसमितिको आइतबार लहरेपौवामा सम्पन्न तेश्रो अधिवेशनले नयाँ जिल्ला कार्यसमिति गठन गरेकोे छ । नेपाल टेलिभिजन रसुवा संवाददाता सुशील कोइरालाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतले निर्विरोध चयन भएको हो । कार्यसमितिका उपाध्यक्षमा शशिकुमार डङ्गोल, महिला उपाध्यक्षमा झरना नेपाली, सचिवमा आशिष तामाङ, सहसचिवमा सङ्गीता तामाङ र कोषाध्यक्षमा सुवास घिमिरे रहेका छन्।

सदस्यमा सन्तोषी तामाङ, रक्षा न्यौपाने, पुरुषोतम पौडेल, साधुराम सापकोटा र सन्दीप पौडेल रहेका छन् । आगामी चैत् २१ र २२ गते नेपालगञ्जमा हुने नवौँ केन्द्रीय महाअधिवेशनका लागि पाँच केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिका लागि ६ जना सर्वसम्मत चयन भएका छन् । कृष्ण थापाको अध्यक्षतामा सम्पन्न तेस्रो अधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै सांसद मोहन आचार्यले पे्रस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफू निरन्तर अग्रमोर्चामा रहेको उल्लेख गर्दै पत्रकारले सत्यतथ्य समाचार निरन्तर सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

नव निर्वाचित पदाधिकारीलाई पे्रस युनियनका महासचिव अजयबाबु शिवाकोटी र केन्द्रीय प्रतिनिधि प्रदीप चापागाईँले टीका र खादा लगाई स्वागत गर्दै संस्थागत हकहितको संरक्षण र पत्रकारको भूमिका निर्वाह गर्न सबै क्षेत्रको सहयोग निरन्तर मिल्नेमा आशावादी भएको बताए ।