२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्ताे घरजग्गा किन्ने ? भृकुटीमण्डपमा वैशाखमा मेला हुँदैछ



अ+ अ-

काठमाडाैंः आगामी बैशाख ४ गतेदेखि ७ गते सम्म काठाडौंको भृकुटीमण्डपमा ‘आठौं घरजग्गा मेला २०२०’ आयोजना हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघले सोमबार काठमाडौंम पत्रकार सम्मेलन गरी घरजग्गा मेला आयोजना गर्न लागेको जानकारी दिएको हो ।

मेलामा आवास तथा जग्गा विकास तथा शहरीकरणमा योगदान पु¥याएका व्यवसायीहरु र उपभोक्ताहरुलाई एकै थलोमा भेला गराई व्यवसायीहरुले आफ्नो उत्पादनको यथार्थ तथा वास्तविक स्थिति जानकारी गराउन सक्ने आयोजकले जनाएको छ । मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजना तथा विकासमा आवद्ध व्यवसायीहरु, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, ईन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्ट लगायतका स्वदेशी तथा विदेशी प्रदर्शकहरुका साथै बैंक र बीमा कम्पनीहरुको समेत सहभागिता रहने संघले जनाएको छ ।

मेलामा घरजग्गा व्यवसायको वर्तमान अवस्था तथा यसका चुनौती र समस्या समाधानका उपायसहितका जानकारीहरु गराउन सफल हुने विश्वास समेत संघले गरेको छ । त्यस्तै एक लाख भन्दा बढीले मेलाको अवलोकन गर्ने अपेक्षा समेत संघले गरेको छ ।