१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व वरियतामा नेपाली क्रिकेटकाे स्थान यथावत्



अ+ अ-

काठमाडाैंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी–ट्वान्टी विश्व बरियतामा नेपाल यथावत् स्थानमा रहेको छ । आइसिसीले साेमबार सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल टी–ट्वान्टीतर्फ १२औँ स्थानमा रहेको छ । यसअघि पनि नेपाल १२औँ स्थानमा थियो । टी–ट्वान्टीमा नेपाल ११ औँ स्थानसम्म पुगेको छ ।

टी–ट्वान्टीको विश्व बरियतामा पाकिस्तान शीर्ष स्थानमा, अष्ट्रेलिया दोस्रो, बेलायत तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् । टी–ट्वान्टीको खेलाडी बरियताअन्तर्गत ब्याटिङतर्फ नेपालका पारस खड्का ६२ औँ स्थानमा छन् । यसअघि उनी ६०औं स्थानमा थिए । यसैगरी बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५औँ स्थानमा छन् । यसअघि उनी ८३औँ स्थानमा थिए । अलराउण्डरतर्फ पारस २७ औँ स्थानमा तथा सोमपाल कामी ६५औँ स्थान तथा करण केसी ७५ औँ स्थानमा छन् ।

विश्वकप क्रिकेट लिग २, बुधबार प्रतिस्पर्धा हुने

आइसीसी विश्वकप क्रिकेट लिग दुई खेल्न अमेरिकी र ओमानको टोली नेपाल आइपुगेको छ । अफिसियल सहित अमेरिकी टोली आइतबार साँझ काठमाडौं ओर्लेको हो । आइसीसीको सहयोगमा हुने प्रतियोगिताका लागि अमेरिकी टोली नेपाल आएको हो । अमेरिकी टिमले सोमबार कीर्तिपुरमा रहेको नेपाली क्रिकेट मैदानमा प्रशिक्षण गरेको थियो । ।

यसैगरी ओमानको टोली पनि सोमबार नेपाल आइपुगेको छ । टोलीले मंगलबार ओमानको टोलीले पनि कीर्तिपुर मैदानमै प्रशिक्षण गर्नेछ । अमेरिकी टिमले भने नेपाली टिमसँग सोही दिन मुलपानी क्रिकेट मैदानमा नेपालसँग अभ्यास गर्ने छ । प्रतियोगिता बुधबारबाट सुरु हुने छ ।