२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध एयरको पोखरा–विराटनगर हवाई सेवा शुरु



अ+ अ-

काठमाडाैंः निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले आजदेखि पोखरा–विराटनगर सिधा उडान शुरु गरेको छ । बुद्धको १८ सिट क्षमताको जहाजले पोखरबाट १८ र विराटनगरबाट १८ जना यात्रु बोकेर उडान भरेको बुद्ध एयर पोखराका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए ।

पोखरा–विराटनगर ११ बजेर ४५ मिनेट र विराटनगर–पोखरा दिउँसो १ बजेर २० मिनेट समयमा हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार जहाज सेवा सञ्चालन गरिने उनकाे भनाइ छ । आगामी दिनमा यात्रुको माग बढेको खण्डमा ठूलो जहाजबाट दैनिक सेवा शुरु गर्ने योजना रहेको गौतमले जनाए । यसअघि बुद्धले पोखरा–काठमाडौँ, पोखरा–भैरहवा र पोखरा–भरतपुर सिधा हवाई सेवा प्रदान गर्दै आएको छ । सिधा हवाइ सेवा सञ्चालबाट गण्डकी प्रदेश र प्रदेश नं १ का जनताले लाभ लिनेछन् ।

दुवै प्रदेशमा पर्यटनको प्रचुर सम्भावना भएकाले हवाई सेवाको माध्यमबाट पर्यटक आवागमन बढ्ने र पर्यटकलाई सहज हुने विश्वास गरिएको छ । पोखरा विराटनगरको हवाई यात्रा एक घण्टाको रहनेछ । उडान शुल्क नेपाली र भारतीयलाई रु छ हजार २०० र विदेशीलाई १३० डलर रहेको बताइन्छ । विराटनगरबाट उडान भरेका पाइलट शैलेस रावत र जहाजमा सवार यात्रुलाई गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको टोलीले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।