२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृह सचिवमा महेश्वर न्यौपानेले बाजी मारे, अख्तियारमा सुरेश अधिकारी



अ+ अ-

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई सरकारले गृह मन्त्रालयमा सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेलाई गृह सचिव बनाउने निर्णय गरेको हो ।

गृह सचिव प्रेम राईले अवकाश हुनु २ दिनअघि राजीनामा दिएपछि गृहमा सरूवा हुन केही सचिवकाे दाैड थियाे, तर अन्त्यमा न्यौपानेले बाजी मारेका छन् । गृह सचिवका लागि न्यौपानेसँगै यादव कोइराला, केदारबहादुर अधिकारी पनि दावेदार थिए । न्याैपाने पर्यटन मन्त्रालय, सार्वजनिक खरिद अनुगमनहुँदै अख्तियारमा पुगेका थिए ।

यस्तै अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगको सचिवमा भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई सरूवा गरिएकाे छ ।