१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर

‘टोखा-नुवाकोट सुरुङ मार्ग सम्भव छ’ चिनियाँ टाेली

‘टोखा-नुवाकोट सुरुङ मार्ग सम्भव छ’ चिनियाँ टाेली
अ अ+ अ-

काठमाडौं: राजधानीबाट प्रकाशित मंगलबारका अखबारहरूमध्ये कान्तिपुर दैनिकमा चीनबाट नेपालीहरुलाई स्वदेश फर्काएपछि १४ दिनसम्म निगरानीमा राखिने समाचार छापिएकाे छ । साेही अखबारले ‘विद्यालयको योजना छनोट राष्ट्रपतिबाट?’ शीर्षकको अर्को समाचारलाई दोस्रो प्राथमिकता दिएको छ ।

समाचारमा लेखिएअनुसार सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधारको योजना छनोटमा राष्ट्रपतिलाई सक्रिय गराउने लागेकाे छ । विद्यालयको आवश्यकता मूल्यांकनसमेत नगरी राष्ट्रपति कार्यालय र संघीय सरकारले छनोट गरेका योजनामा बजेट पठाउने गरी राष्ट्रपति शैक्षिक सुधार कार्यान्वयन कार्यविधि बनाइएको हो ।

संविधानले विद्यालय तहको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिइसकेको छ तर, विद्यालय सुधार गर्न छानिने योजनाको अन्तिम निर्णय संघीय सरकारले गरेर योजना कार्यान्वयन गर्ने जिम्मेवारी मात्रै स्थानीय तहलाई दिने गरी माघ ६ को मन्त्रिपरिषद बैठकले कार्यविधि पारित गरेको कान्तिपुरको समाचारमा उल्लेख छ ।

सुरुङ मार्ग सम्भव

गोरखापत्र दैनिकले टोखा-नुवाकोट सुरुङ मार्ग सम्भव रहेको निष्कर्ष चिनियाँ प्राविधिक टोलीले निकालेको मुख्य समाचार छापेको छ । टोखा-नुवाकोट सुुरुङमार्ग काठमाडौंलाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित प्रस्ताव गरिएको हो । समाचारमा लेखिएअनुसार अब चिनियाँ टोलीले आगामी मार्चको अन्तिम साता अध्ययन प्रतिवेदन चीन सरकारलाई बुझाउने छ । त्यसपछि चीनले सो प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ ।

गाेरखापत्रले नेकपाकाे पूर्ण बैठकपछि नेताहरू रिचार्ज भएका र कार्यकर्ताहरू सकृय भएकाे खबर पनि छापेकाे छ ।

एमसीसीमा संशोधन ?

अन्नपूर्ण पोष्ट दैनिकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधन गरिने समाचार छापेको छ । एमसीसीबारे सुझाव दिन नेकपाले बनाएको कार्यदलका संयोजक झलनाथ खनालले अन्नपूर्णसँग संक्षिप्त कुरा गर्दै केही न केही परिमार्जन हुनैपर्ने बताएका छन् । खनालले भनेका छन्, ‘हामी जस्ताको तस्तै स्वीकार गर्नुपर्छ भन्ने पक्षमा छैनौं । केही न केही परिमार्जनचाहिँ हुनैपर्छ । एमसीसीका नेपाल प्रमुख खड्कबहादुर विष्टले भने सम्झौता संशोधन गर्न खोज्दा एमसीसीकै भविष्य अन्योलमा पर्न सक्ने बताएका छन् ।

हायात होटलमा सरकारको सेयर ९ प्रतिशतमा सीमित

नयाँ पत्रिका दैनिकले सरकारको ३०४ रोपनी जग्गामा फैलिएको हायात होटलमा सरकारको सेयर ३९.७७ प्रतिशतबाट घटेर जम्मा ९.०१ प्रतिशतमा सीमित भएको मुख्य समाचार छापेको छ । यो कुराको खुलासा एक वर्षअघि नै भए पनि सरकार मौन बसिरहेको समाचारमा उल्लेख छ । बौद्धस्थित होटल हायातको जग्गा विवादमा हस्तक्षेप गरी दोषीमाथि कारबाही गर्न संसदीय समितिले एक वर्षअघि दिएको निर्देशन कार्यान्वयनमा सरकारले रुचि नदेखाएको नयाँ पत्रिकाले लेखेको छ यसबारे सोधिएको प्रश्नमा पर्यटनमन्त्री योगेश भट्टराईले ‘सरकारले गम्भीरताका साथ काम गरिरहेको’ बताएका छन् ।