१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
अ अ+ अ-

बनेपा । जिल्ला कारागार काभ्रेपलाञ्चोकमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सोमबार गरिएको अनुगमन/निरीक्षणका क्रममा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको पाएपछि तत्काल ठाउँको व्यवस्थापन गरी कारागारलाई व्यवस्थापन गर्न कारागार शाखालाई निर्देशन दिएका छन् । पचहत्तर जनाको क्षमता रहेको कारागारमा अहिले २४२ जना कैदीबन्दी रहेका छन् । उनीहरुलाई सुत्ने व्यवस्थापन गर्न तल र माथि सुत्न मिल्ने गरी खाटको व्यवस्थापन गरी अटाएको कारागार व्यवस्थापन शाखाले जनाएको छ ।

कारागार शाखाको निरीक्षणपछि महान्यायाधिवक्ता खरेलले बस्ने ठाउँ साँघुरो भएकाले छिट्टै नगरपालिकासँग समन्वय गरेर कारागार व्यवस्थित गर्न लाग्नुपर्ने निर्देशन दिएका हुन् । “अरू ठाउँको अवस्था हेरेर सफासुग्घर नै पाइयो तर ठीकै छ भन्न त सकिँदैन”, खरेलले भने, “नगरपालिकासँग समन्वय गरे जग्गाको व्यवस्थापन गरी सार्न छिट्टै पहल गर्न लाग्नुहोस् ।” आफूले पनि नगरपालिका प्रमुखसँग कुरा गरेको र नजीकै १३/१४ रोपनी जग्गा रहेकाले त्यसलाई उपलब्ध गराउने विषयमा नगरपालिका तयार रहेको उल्लेख गर्दै त्यसतर्फ कारागार व्यवस्थापन शाखा लाग्न निर्देशन दिए ।

अहिले रहेको जिल्ला कारागार शाखा धुलिखेल रहेको जग्गा जम्मा तीन रोपनी आठ आना मात्रै रहेको जनाएको छ । कारागारमा बन्दीको सङ्ख्या घट्नुको साटो थपेकै भएको कारणले दीर्घकालीन रुपमा कारागार व्यवस्थापन गर्न आवश्यक रहेको उनले बताए । सो क्रममा उनले कैदीबन्दीहरुको अवस्थाका बारेमा समेत जानकारी लिएका थिए । सो क्रममा उनले कैद भुक्तान गरिरहेकाहरुले आफ्नो वकिल राखेर मात्रै मुद्दा लड्न र वकिल राख्न नसकेकाहरुले जिल्ला अदालतमा सम्पर्क गरेर त्यसबाट पनि सहयोग लिन र त्यस्ता वकिलहरुलाई रकम नबुझाउन सुझाव दिए ।

सरकारले त्यसखालको व्यवस्था निःशुल्क गरिदिएको कारण मुद्दा हेर्ने बेलामा वकिललाई आफ्नो अवस्थाबारे प्रस्ट भन्न उनले आग्रह गरे । सो अवसरमा उनले कैद भुक्तान गरिरहेका बन्दीहरुले मुडा र थुन्सेलगायतका आयआर्जनका काम गरिरहेकाहरुको अवस्थाबारे समेत जानकारी लिएका थिए ।