१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

धनगढीबाट वडाध्यक्षको मृत्यु अनुसन्धान गर्न तालिमप्राप्त कुकुर लगिँदै

धनगढीबाट वडाध्यक्षको मृत्यु अनुसन्धान गर्न तालिमप्राप्त कुकुर लगिँदै
अ अ+ अ-

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर धामीको मृत्यु्को अनुसन्धान गर्न सङ्घीय प्रहरी इकाई कार्यालय धनगढीबाट तालिमप्राप्त कुकुरसहितको टोली पठाइएको छ । तालिमप्राप्त कुकुरसहितको टोली आइपुगेपछि थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी उपरीक्षक दीपक भारतीले बताए । ‘हामी घटनास्थलमा पुगिसकेका छौं’ उनले भने, ‘धनगढीबाट तालिमप्राप्त कुकुरसहितको टोली पनि पुग्दै छ । त्यसपछि तथ्य बाहिर आउने छ ।’

वडा अध्यक्ष धामीको शव मंगलबार विहान विनायक बजारबाट ३० मिनेटको दुरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको थियो । उनको अनुहारमा चोट देखिएको प्रहरीले जनाएको छ । मृत फेला परेका वडा अध्यक्ष धामीको हत्या गरिएको पञ्च देवल विनायक नगरपालिकाकी उपमेयर अम्बिका चलाउनेले बताइन् । उपमेयर चलाउनेले बर्बर ढङ्गले हत्या गरिएको भन्दै घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही हुनुपर्ने बताइन् ।

शिक्षक पेसाबाट राजीनामा गरी नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा निर्वाचित धामीको मृत्यु छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीलाई समेत ल्याउन पहल भइरहेको उनले जानकारी दिइन् । अहिले पनि वडा अध्यक्षको शव घटनास्थलमै रहेको छ । घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको हुँदा अहिले नै केही भन्न नमिल्ने अछामका प्रहरी प्रमुख भारती बताउँछन् ।