१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका कोरोना पीडित नेपालीलाई राख्न संसद भवन खाली गरौं: सांसद यादव



अ+ अ-

काठमाडौं । चीनका कोरोना भाइरस पीडितलाई संसद भवन खाली गरेर राख्न प्रस्ताव गरिएको छ । सांसद प्रदीप यादवले संसदमा चीनमा रहेका नेपालीहरुलाई ल्याएर राख्न र पाल टाँगेर संसद चलाउन आजको प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समय यस्तो प्रस्ताव गरेका हुन् ।

सरकारले ५ दिनदेखि उनीहरुलाई राख्ने ठाउँ नपाएको भन्दै आएको तर काठमाडौं मै हायात होटेलको ३०४ रोपनी जग्गा कब्जा गरिएको भन्दै यदि त्यसो होइन भने त्यसलाई खाली गरेर उनीहरुलाई त्यहाँ ल्याएर राखेर जीवन बचाउन आग्रह पनि उनले गरेका थिए । सरकारले चीनमा रहेका नेपालीहरुको छिटो उद्दार गर्नुपर्नेमा आजको बैठकमा उठेका अधिकांश सदस्यहरुको भनाई रहेको थियो ।

शून्य समयमा उठेको प्रश्नको उत्तर दिँदै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बिरामीहरुबाट अरु संक्रमित नहुन् भन्नको लागि टाढाको ठाउँ खोज्नुपर्ने भन्दै त्यही कारण ठाउँ नपाएको बताए ।