२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका कोरोना पीडित नेपालीलाई राख्न संसद भवन खाली गरौं: सांसद यादव



अ+ अ-

काठमाडौं । चीनका कोरोना भाइरस पीडितलाई संसद भवन खाली गरेर राख्न प्रस्ताव गरिएको छ । सांसद प्रदीप यादवले संसदमा चीनमा रहेका नेपालीहरुलाई ल्याएर राख्न र पाल टाँगेर संसद चलाउन आजको प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समय यस्तो प्रस्ताव गरेका हुन् ।

सरकारले ५ दिनदेखि उनीहरुलाई राख्ने ठाउँ नपाएको भन्दै आएको तर काठमाडौं मै हायात होटेलको ३०४ रोपनी जग्गा कब्जा गरिएको भन्दै यदि त्यसो होइन भने त्यसलाई खाली गरेर उनीहरुलाई त्यहाँ ल्याएर राखेर जीवन बचाउन आग्रह पनि उनले गरेका थिए । सरकारले चीनमा रहेका नेपालीहरुको छिटो उद्दार गर्नुपर्नेमा आजको बैठकमा उठेका अधिकांश सदस्यहरुको भनाई रहेको थियो ।

शून्य समयमा उठेको प्रश्नको उत्तर दिँदै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बिरामीहरुबाट अरु संक्रमित नहुन् भन्नको लागि टाढाको ठाउँ खोज्नुपर्ने भन्दै त्यही कारण ठाउँ नपाएको बताए ।