२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोठमा आगलागी हुँदा महिलाको निधन



अ+ अ-

खलङ्गा । जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोतामा आगलागी हुँदा एक महिलाको मुत्यु भएको छ । प्रेम ऐडीको एकतले गोठमा आगलागी हुँदा उनकी ४५ वर्षीया श्रीमती भेटेनी ऐडीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए । आगलागीबाट एक गोरु र एक कुखुरासमेत जलेर नष्ट भएको छ ।

गएराति १०ः३० बजे गोठमा आगलागी हुँदा ऐडी गोरु फुकाउन जाँदा निस्सासिएर मुत्यु भएको प्रहरीले जनाएको छ । आगलागी भएको स्थलतर्फ प्रहरी निरीक्षकसहित सातजनाको टोली पठाइएको प्रहरी नायब उपरीक्षक धामीले बताए । आगलागी हुनाका कारण र क्षतिको विवरणबारे मुचुल्का उठाउन प्रहरीको टोली जिल्लाबाट घटनास्थलमा पठाइसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।