३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्याका पूर्व राष्ट्रपति मोइको ९५ वर्षको उमेरमा निधन



अ+ अ-

केन्याका पूर्व राष्ट्रपति डानियल अराप मोइको ९५ वर्षको उमेरमा निधन भएको छ । मोइ महिनौ देखि अस्पतालको शैयामा थिए । मोइ केन्याका सबैभन्दा लामो समयसम्म राष्ट्रपतिका रुपमा रहेका व्यक्ति थिए । उनले २४ वर्षसम्म आफ्नो कार्यकाल निर्वाह गरेका थिए ।

उनको मृत्यु भएको घोषणा राष्ट्रपति उहुरु केन्याटाले गरेका हुन् । मोइको छोरा सेन्याटर गिडियोन मोइले नैरोबी हस्पिटलमा आफ्ना पिताको आज बिहान निधन भएको बताए ।

मोइ एक विधालयका शिक्षक थिए जस्ले केन्याको राष्ट्रपतिका रुपमा चौबिस वर्ष बिताए । उनले जनता र देशको स्वतन्त्रताका लागि जिवनभरी नै संघर्ष गरे ।