४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

महामारी रोक्ने प्रयत्नलाई सम्मान गर्न अमेरिकासमक्ष चीनको आग्रह

महामारी रोक्ने प्रयत्नलाई सम्मान गर्न अमेरिकासमक्ष चीनको आग्रह
अ+ अ-

बेइजिङ । चीनले संयुक्तराज्य अमेरिकालाई नोवल कोरोना भाइरसका कारण उत्पन्न महामारी नियन्त्रणमा ल्याउन चीनले गरिरहेको प्रयत्नलाई वस्तुपरक, निष्पक्ष, शान्तपूर्ण र बुद्धिमत्तापूर्ण तरिकाबाट सम्मान गर्न आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले भाइरससँग जुध्न चीनका साथै अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य पनि अमेरिकालाई अनुरोध गरेका छन् ।

कोरोना भाइरसको महामारी विरुद्ध लड्न चीन सरकार र जनताले कुनै कसर बाँकी नराखेको बताउँदै उनले यस महामारी फैलन नदिनेतर्फ भइरहेका प्रयासमा निकै प्रगति भइसकेको जानकारी दिए । प्रवक्ता चुनयिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार चीनबाट अमेरिका आउनेलाई प्रवेशमा कडाई गर्न लागेको घोषणा गरिएको विषयमा सोधिएको एक प्रश्नमा उक्त धारणा राखेको हो ।

इबोला, सार्स र मर्सजस्ता भाइरसको महामारीका तुलनामा चीनमा यस पटक सरकारको विशेष सतर्कता र स्वास्थ्यकर्मीको व्यापक परिचालनका कारण कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा रहेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बताएका छन् । प्रवक्ता चुनयिङले कोरोना भाइरसको महामारी रोक्न चीन सक्षम हुने विश्वास व्यक्त गरे ।