३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ?

एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ?
अ+ अ-

काठमाडौँ ।  एकदर्जन बैंकहरुले माघका लागि ब्याजदर घटाएका छन् ।

अधिक तरलता चुलिएका कारण बैंकहरुले मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएका हुन् । पुस तुलनामा माघ महिना ब्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर ०.१४ प्रतिशत बिन्दु घटेको छ । पुस महिनामा यस्तो औसत ब्याजदर ४.८ प्रतिशत बिन्दु थियो ।

माघ महिनाका लागि मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउने बैंकहरुमा कृषि विकास बैंक, एभरेष्ट बैंक,सिद्धार्थ बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स इन्टरनेश्नल बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

यीमध्ये सबैभन्दा बढी ब्याजदर घटाउनेमा हिमालयन र माछापुच्छ्रे बैंक रहेको छ । माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा कृषि विकास बैंकले ४ दशमलव ४० प्रतिशत, एभरेष्ट बैंकले ४ दशमलव ४० प्रतिशत, कुमारी बैंक ४ दशमलव ४३ प्रतिशत, नेपाल एसबीआई बैंकले ४ दशमलव ४० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४.५० प्रतिशत, सिटिजन्स बैंकले ४ दशमलव ५० प्रतिशत, प्रभु बैंकले ४ दशमलव ५५ प्रतिशत, माछापुच्छ्रे बैंकले ४ दशमलव ५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४ दशमलव ३६ प्रतिशत, हिमालयन बैंकले ५ प्रतिशत र सानिमा बैंकले ४ दशमलव ५५ प्रतिशत ब्याज दिनेछन् ।

यस्तै आगामी महिना माघमा व्यक्तिगत मुद्दती निक्षेपमा नेपाल बैंकले ५ दशमलव १० प्रतिशत, ग्लोवल आइएमई बैंकले ५ दशमलव ५० प्रतिशत, नबिल बैंकले ४ दशमलव ५५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत, एनएमबि बैंकले ५ प्रतिशत, सिद्धार्थ बैंकले ४ दशमलव ५५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ प्रतिशत र एनआईसी एशिया बैंकले ५ प्रतिशत ब्याजदर दिनेछन् ।

यता प्राइम कमर्सियल बैंकले भने माघमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ब्याजदर बढाएर ४ दशमलव ४० प्रतिशतमा पुर्याएको छ । पुसमा व्यक्तिगततर्फ ४ दशमलव २५ प्रतिशत ब्याज दिएको थियो ।

माघ महिनाका लागि ४ बैंकहरुले संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १६ बैंकहरुले भने यस्तो निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै दरलाई नै कायमै राखेका छन् ।

 व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर

बैंकहरु पुस माघ
कृषि विकास ४.५५ ४.४०
नेपाल बैंक ५.१० ५.१०
राष्ट्रिय वाणिज्य बैंक
नबिल ४.५५ ४.५५
नेपाल इन्भेष्टमेन्ट मेगा
माछापुच्छ्रे ४.५
हिमालयन ५.५
नेपाल एसबिआई ४.५५ ४.४०
एभरेष्ट बैंक ४.७५ ४.४०
एनआईसी एसिया
स्ट्यान्डर्ड चार्टर्ड ४.६० ४.३६
लक्ष्मी सनराइज ४.७५ ४.५
कुमारी ४.५३ ४.४३
सिद्धार्थ ४.५५
सानिमा ४.७५ ४.५५
एनएमबि
प्रभु ४.५५ ४.५५
ग्लोबल आइएमई ५.५० ५.५०
सिटिजन्स् ४.७५ ४.५
प्राइम कमर्सियल ४.२५ ४.४०