२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरटी फ्रेन्ड्ससँग २ गाेल अन्तरले पराजित



अ+ अ-
फाइल फोटो

काठमाडाैंः सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम एनआरटीलाई २–० ले गाेल अन्तरले पराजित गरेको छ । सातदोबाटो स्थित एन्फा मैदानमा मंगलबार भएको खेलमा एनआरटी २–० गोल अन्तरले पराजित भएको हो । फ्रेन्ड्सलाई जित दिलाउन सन्जोग महर्जन र वाग्नेर डी कार्मोले एक एक गोल गरेका छन् ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा रहेपनि फ्रेन्डसले दोस्रो हाफमा दुई गोल गरी जित निकालेको हो । खेलको ७८ औं मिनेटमा सन्जोगले १ गोल गरेपछि फ्रेन्सले अग्रता बनाएको थियो । त्यस्तै ८१ औं मिनेटमा ब्राजिलियन खेलाडी कार्मोले अर्को गोल थप्दा फ्रेन्ड्सलाई २–० को अग्रता मिलेको थियो । खेलमा फ्रेन्ड्सका अशिम भुसाल म्यान अफ दि म्याच चुनिए ।

जितसँगै फ्रेन्ड्स १० खेलमा १४ अंक जोड्दै लिगको नवौं स्थानमा उक्लिएको छ ।