१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

क्रिकेटः बुधबार नेपाल र ओमानबीच प्रतिस्पर्धा

क्रिकेटः बुधबार नेपाल र ओमानबीच प्रतिस्पर्धा
अ अ+ अ-

काठमाडाैंः तीन राष्ट्र सम्मिलित आइसिसी वर्ल्डकप लिग–२ त्रिकोणात्मक शृखंला बुधबारदेखि नेपालमा आयोजना हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने शृखंलाको पहिलो खेल आयोजक नेपालले पाहुना टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपालमा पहिलोपटक हुन लागेको यो प्रतियोगिताका शृखंलामा सहभागिता जनाउन ओमान र अमेरिकाका खेलाडीहरु नेपाल आइपुगेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी खेलका लागि सम्पूर्ण तयारी पुरा भइसकेको जनाएको छ । संघका अध्यक्ष चतुरबहादुर चन्दले भर्खरै क्यानका प्रशिक्षकले राजीनामा दिएपनि खेलाडीको मनोबलमा कुनै कमी हुन नदिएको बताउनुभयो ।

राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले बुधबारदेखि हुने खेलका लागि राम्रो तयारी गरेको बताउनुभयो । उहाँले नेपालमै खेल खेल्न पाउँदा उत्साहित भएको र घरेलु मैदानको फाइदा लिने बताउनुभयो । संघका अनुसार नेपालले आफ्नो उद्घाटन खेल बुधबार ओमनसँग खेल्नेछ । माघ २९ गतेसम्म चल्ने त्रिकोणात्मक शृखंलमा कूल ६ खेल हुनेछन । हरेक टोलीले समान दुई दुई खेल्ने तालिका रहेको छ ।

नेपालले दोस्रो खेल अमेरिकासँग माघ २५ गते शनिबार खेल्नेछ । यस्तै तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ र चौथो तथा अन्तिम खेल नेपालले अमेरिकासँग माघ २९ गते खेल्ने तालिका रहेको छ । ओमान २०१२ पछि पहिलो पटक नेपाल आएको हो । सन २०२३ को एकदिवसीय विश्वकपको रोडम्यापको रुपमा समेत रहेको यस विश्वकप लिग २ मा नेपालको यो पहिलो शृखंला हो । यसअघि नै दुई सिरिज खेलिसकेको अमेरिका ८ खेलबाट १२ अंक जोड्दै अंक तालिकामा शीर्ष स्थानमा छ ।

ओमान ८ अंकसहित चौथो स्थानमा छ । सन २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा एकदिवसीय शृखंला खेल्न लागेको यो पहिलो पटक हो भने समग्रमा नेपालको तेस्रो एक दिवसीय शृखला हो । पहिलो पटक सन २००८ को डिभिजन पाँचमा आमने सामना भएका अमेरिका र नेपाल ११ पटक एक दिवसीयमा आमने सामने भएका छन । जसमा नेपालले ५ पटक जितेको छ भने अमेरिकाले ३ खेल जितेको छ । ३ खेल भने नतिजा विहिन भएका छन् ।