२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा रहेका नेपाली विद्यार्थी सुरक्षित रहेकाे चिनियाँ राजदूतकाे स्पष्टाेक्ति



अ+ अ-

काठमाडौं: चीनमा रहेका नेपाली विद्यार्थीहरु प्राणघातक नाेवल काेराेना भाइरसकाे संक्रमणबाट सुरक्षित रहेको नेपालस्थित चिनियाँ राजदूत हाउ याङ्कीले बताएकी छिन् । नेपालले ती विद्यार्थीकाे उद्धार गर्ने बताइ रहेकाे बेला चिनियाँ राजदूतकाे उक्त भनाइ सार्वजनिक भएकाे हाे । तर यदि उनीहरुलाई उद्धार गर्ने हो भने विमानस्थल क्वारेन्टाइन, महामारी रोकथामको तयारी पूरा गर्न र विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)का नेपाल प्रतिनिधिसँग परामर्श गर्न उहाँले सुझाव दिएकी छिन् ।

मंगलबार राजधानीमा केही सञ्चारकर्मीसँग कुरा गर्दै राजदूत याङ्कीले चीनमा रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको बताएकी हुन् ।

उहानमा रहेका नेपाली विद्यार्थीहरुको समस्या समाधान गर्न बेइजिङस्थित नेपाली दूताबाससँग चिनियाँ विदेश मन्त्रालयको सम्वन्धित विभाग नियमित सम्पर्कमा रहेको भन्दै राजदूत याङ्कीले भनिन्, ‘हुवेई प्रान्त र उहान नगरपालिकाका विदेश मामिला कार्यालय र सम्वन्धित विश्वविद्यालय उनीहरुलाई राम्रो बन्दोबस्ती उपलब्ध गराउने प्रयासमा छ ।’

महामारी रोकथामका लागि केही रोक लगाउनु स्वाभाविक भएको उनले बताइन् । केही नेपालीलाई चीनमा रोकिएको विषयमा सोधिएको प्रश्नमा उनले विमानस्थलमा चेकजाँच गर्दा उनीहरुको तापक्रम सामान्यभन्दा बढी पाएको बताइन् । उनले भनिन्, ‘यो उनीहरु स्वयं र अरुका लागि जरुरी छ ।’

राजदूत याङ्कीले उहानमा रहेका नेपालीहरुलाई उद्धार गर्ने विषय आफूले पनि सुनेको बताइन् । यसका लागि कूटनीतिक माध्यमबाट कुराकानी गर्नुपर्ने भन्दै उनले भनिन्, ‘यदि नेपालले आफ्ना नागरिकलाई उद्धार गर्न चाहन्छ भने हाम्रो सल्लाह छ कि नेपाली पक्ष विमानस्थल क्वारेन्टाइन, महामारी रोकथाम तथा नियन्त्रणमा पूर्ण तयार रहनुपर्छ र महामारी रोकथामका लागि डब्लूएचओका प्रतिनिधिसँग सल्लाह गर्नुपर्छ ।’

चीनकाे हुवेइ प्रान्त र खासगरी हुवेइकाे राजधानी शहर उहानबाट फैलिएकाे नाेवल काेराेना भाइरसबाट मंगलबारसम्म ४२५ जनाकाे मृत्यु भइसकेकाे छ भने २० हजारभन्दा बढी व्यक्ति बिरामी भएका छन् । चीनमा यस महामारी थप क्षेत्रमा फैलन नदिन युद्धस्तरमा काम भइरहेकाे समाचार अाएकाे छ, तर दिनहुँ ५० जनाभन्दा बढीकाे मृत्यु भएकाे अन्तरराष्ट्रिय संचार माध्यमहरूले बताएका छन् ।