१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

चीनमा रहेका नेपाली विद्यार्थी सुरक्षित रहेकाे चिनियाँ राजदूतकाे स्पष्टाेक्ति

चीनमा रहेका नेपाली विद्यार्थी सुरक्षित रहेकाे चिनियाँ राजदूतकाे स्पष्टाेक्ति
अ अ+ अ-

काठमाडौं: चीनमा रहेका नेपाली विद्यार्थीहरु प्राणघातक नाेवल काेराेना भाइरसकाे संक्रमणबाट सुरक्षित रहेको नेपालस्थित चिनियाँ राजदूत हाउ याङ्कीले बताएकी छिन् । नेपालले ती विद्यार्थीकाे उद्धार गर्ने बताइ रहेकाे बेला चिनियाँ राजदूतकाे उक्त भनाइ सार्वजनिक भएकाे हाे । तर यदि उनीहरुलाई उद्धार गर्ने हो भने विमानस्थल क्वारेन्टाइन, महामारी रोकथामको तयारी पूरा गर्न र विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)का नेपाल प्रतिनिधिसँग परामर्श गर्न उहाँले सुझाव दिएकी छिन् ।

मंगलबार राजधानीमा केही सञ्चारकर्मीसँग कुरा गर्दै राजदूत याङ्कीले चीनमा रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको बताएकी हुन् ।

उहानमा रहेका नेपाली विद्यार्थीहरुको समस्या समाधान गर्न बेइजिङस्थित नेपाली दूताबाससँग चिनियाँ विदेश मन्त्रालयको सम्वन्धित विभाग नियमित सम्पर्कमा रहेको भन्दै राजदूत याङ्कीले भनिन्, ‘हुवेई प्रान्त र उहान नगरपालिकाका विदेश मामिला कार्यालय र सम्वन्धित विश्वविद्यालय उनीहरुलाई राम्रो बन्दोबस्ती उपलब्ध गराउने प्रयासमा छ ।’

महामारी रोकथामका लागि केही रोक लगाउनु स्वाभाविक भएको उनले बताइन् । केही नेपालीलाई चीनमा रोकिएको विषयमा सोधिएको प्रश्नमा उनले विमानस्थलमा चेकजाँच गर्दा उनीहरुको तापक्रम सामान्यभन्दा बढी पाएको बताइन् । उनले भनिन्, ‘यो उनीहरु स्वयं र अरुका लागि जरुरी छ ।’

राजदूत याङ्कीले उहानमा रहेका नेपालीहरुलाई उद्धार गर्ने विषय आफूले पनि सुनेको बताइन् । यसका लागि कूटनीतिक माध्यमबाट कुराकानी गर्नुपर्ने भन्दै उनले भनिन्, ‘यदि नेपालले आफ्ना नागरिकलाई उद्धार गर्न चाहन्छ भने हाम्रो सल्लाह छ कि नेपाली पक्ष विमानस्थल क्वारेन्टाइन, महामारी रोकथाम तथा नियन्त्रणमा पूर्ण तयार रहनुपर्छ र महामारी रोकथामका लागि डब्लूएचओका प्रतिनिधिसँग सल्लाह गर्नुपर्छ ।’

चीनकाे हुवेइ प्रान्त र खासगरी हुवेइकाे राजधानी शहर उहानबाट फैलिएकाे नाेवल काेराेना भाइरसबाट मंगलबारसम्म ४२५ जनाकाे मृत्यु भइसकेकाे छ भने २० हजारभन्दा बढी व्यक्ति बिरामी भएका छन् । चीनमा यस महामारी थप क्षेत्रमा फैलन नदिन युद्धस्तरमा काम भइरहेकाे समाचार अाएकाे छ, तर दिनहुँ ५० जनाभन्दा बढीकाे मृत्यु भएकाे अन्तरराष्ट्रिय संचार माध्यमहरूले बताएका छन् ।