२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री केपी ओलीले बासुरी बजाएपछि …



अ+ अ-
तस्वीर साभारः प्रमका प्रेस सल्लाहकार सूर्य थापाकाे फेसबुकबाट ।

काठमाडाैंः प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ अनाैठाे परिदृश्य देखियाे । स्वास्थ्यका कारण निकै सकस झेलिरहेका प्रधानमन्त्री निवास बालुवाटार सांगीतिक माहाेलमा लुटुपुटु थियाे । खासमा प्रधानमन्त्री केपी ओली स्वयं बाँसुरी बजाउन तम्सिएपछि आयोजक थप हाैसिनु स्वाभाविक थियाे ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा मंगलबार बेलुका सारंगी साँझ आयोजना गरिएको थियो । कार्यक्रममा नेकपाका सचिवालय सदस्य र मन्त्रीहरुलाई आमन्त्रण गरिएको थियो । त्यस कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बासुरी बजाएका थिए । उनीसँगै दाहिने र देब्रेपट्टि बसेर वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले सारंगी रेटेपछि माहौल थप तातेको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा सार्वजनिक गरेको यो तस्वीरको क्याप्सनमा लेखेका छन्, ‘सुमधुर धुन’ । प्रधानमन्त्री अाेली विगतदेखि नै बाजागाजा बजाउन निकै शाैकिन हुनुहुन्छ ।