२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री केपी ओलीले बासुरी बजाएपछि …



अ+ अ-
तस्वीर साभारः प्रमका प्रेस सल्लाहकार सूर्य थापाकाे फेसबुकबाट ।

काठमाडाैंः प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ अनाैठाे परिदृश्य देखियाे । स्वास्थ्यका कारण निकै सकस झेलिरहेका प्रधानमन्त्री निवास बालुवाटार सांगीतिक माहाेलमा लुटुपुटु थियाे । खासमा प्रधानमन्त्री केपी ओली स्वयं बाँसुरी बजाउन तम्सिएपछि आयोजक थप हाैसिनु स्वाभाविक थियाे ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा मंगलबार बेलुका सारंगी साँझ आयोजना गरिएको थियो । कार्यक्रममा नेकपाका सचिवालय सदस्य र मन्त्रीहरुलाई आमन्त्रण गरिएको थियो । त्यस कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बासुरी बजाएका थिए । उनीसँगै दाहिने र देब्रेपट्टि बसेर वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले सारंगी रेटेपछि माहौल थप तातेको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा सार्वजनिक गरेको यो तस्वीरको क्याप्सनमा लेखेका छन्, ‘सुमधुर धुन’ । प्रधानमन्त्री अाेली विगतदेखि नै बाजागाजा बजाउन निकै शाैकिन हुनुहुन्छ ।