१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री भन्छ्न्- ‘तीन वर्ष सरकार चलाउन सक्षम छु’ (आजका अखबार)



अ+ अ-

काठमाडाैंः प्रधानमन्त्री केपी शर्मा ओली र निजी क्षेत्रका अखबारका सम्पादकहरूबीच मंगलबार बालुवाटारमा भएको अन्तरक्रियाका बारेमा बुधबारका अधिकांश दैनिक पत्रिकाहरूले मुख्य समाचारका रूपमा प्रकाशन गरेका छन् । ‘प्रधानमन्त्रीको फेरिएको अवतार’ शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ । समाचार अनुसार, बढी बोल्ने र कम सुन्ने स्वभावका प्रधानमन्त्री ओली मंगलबार भने फरक शैलीमा प्रस्तुत भएका थिए । पहिले दुई घण्टा सम्पादकको कुरा सुनेर त्यसपछि उनी बोलेका थिए ।

अन्नपूर्ण र नागरिकले पनि प्रधानमन्त्री–सम्पादकबीचको भेटघाटबारे मुख्य समाचार बनाएका छन् । दुवैले छिट्टै मिर्गौला प्रत्यारोपण गरी बाँकी तीन वर्ष निरन्तर सरकार चलाउने प्रधानमन्त्रीको भनाइलाई समेटेका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँगको अन्तर्वार्ता छापेको छ । अन्तर्वार्तामा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो व्यक्तिगत दूरी बढेको स्वीकारेका छन् । ओलीसँग दूरी बढेपछि प्रचण्डसँग नजिक बनेको उनको भनाइ छ ।

‘कमरेड केपीसँग मेरो व्यक्तिगत रूपमा दूरी बढेको हो । उहाँसँग दूरी बढेपछि स्वभाविक रूपमा प्रचण्डसँग निकटता बढेको हो । मुख्य कुरा विचारले निकट र टाढा बनाउने हो । कार्यशैली र व्यवहारले निकट र टाढा बनाउने हो,’ नेता नेपालले अन्नपूर्णसँगको अन्तर्वार्तामा भनेका छन् ।

नयाँ पत्रिकाले कुखुराको मूल्यवृद्धिबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार व्यवसायीले ३० लाख चल्ला र तीन करोड अन्डा नष्ट गरेपछि कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको हो ।

कुखुराको मासुको भाउ घटेको निहुँमा ह्याचरी व्यवसायीले चल्ला र अन्डा निर्मम रूपमा नष्ट गरेका छन् । डेढ महिनाको बीचमा उनीहरूले ३० लाख चल्ला मारेका छन् । मारिएका चचल्लाको मूलय मात्र करिब १५ करोड हुन् आउँछ । त्यस्तै, चल्ला कोरल्न राखिएका ४५ करोड मूल्यबराबरका करिब ३ करोड ५० लाख अण्डासमेत नष्ट गरिएको नयाँ पत्रिका समाचारमा उल्लेख छ ।

मूल्यवृद्धिको कारण खोतल्दै नयाँ पत्रिका अगाडि लेख्छ– ह्याचरी व्यवसायीले आफ्नै उद्योगमा आफैंले १० दिन हडताल गरी चल्ला र मासु उत्पादन बन्द गरेका थिए । उत्पादन लागतभन्दा सस्तोमा चल्ला बेच्न बाध्य हुनुपरेको भन्दै ह्याचरी उद्योगीले २२९ मंसिरदेखि ८ पुससम्म हडताल गरेका हुन् ।

विद्यालय तहमा पढाउने शिक्षकजस्तै अब कलेजहरूमा प्राध्यापन गर्नेले पनि लाइसेन्स लिनुपर्ने भएको खबर नयाँ पत्रिकाले छापेको छ ।

शिक्षा मन्त्रालयले तयार पारेको उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा उच्च शिक्षण संस्थाहरूमा प्राध्यापक र अनुसन्धान गर्ने व्यक्तिको राष्ट्रिय योग्यता परीक्षा सञ्चालन गर्ने र परीक्षा त्तीर्ण गरेको व्यक्तिले मात्र प्राध्यापन गर्न पाउने उल्लेख छ ।