१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

चीनको तिब्बतसँग जोडिएको मुस्ताङमा कोरोनाको चिन्तै छैन

चीनको तिब्बतसँग जोडिएको मुस्ताङमा कोरोनाको चिन्तै छैन
अ अ+ अ-

पर्वत । छिमेकी मुलुक चीनको तिब्बतसँग जोडिएको हिमालपारिको जिल्ला मुस्ताङमा कोरोना भाइरसको कुनै प्रभाव परेको छैन । चीनसँग नाका जोडिएका अन्य जिल्लामा उच्च सतर्कता अपनाइएको भए पनि मुस्ताङ जिल्लाभर कुनै प्रभाव नदेखिएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार बाक्लो हिमपातका कारण उत्तरी मुस्ताङमा दुई सातादेखि आवतजावतसमेत ठप्प छ । उत्तरी मुस्ताङ र तिब्बत जोड्ने कालीगण्डकी करिडोरमा बाक्लो हिमपातका कारण सडक यातयात पूरै ठप्प भएको हो ।

कोरल्ला नाकासमेत पूर्णरूपमा बन्द भएका कारण छिमेकी देश चीनमा फैलिएको कोरोना भाइरसको प्रभावसमेत परेको छैन । उत्तरी मुस्ताङलाई जोड्ने कालीगण्डकी करिडोरमा बाक्लो हिउँ जमेको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ्गसम्मको हिउँ सफा गरिएको प्रजिअ अर्यालले बताए । लोमान्थाङ गाउँपालिकामा भने हिउँ पन्छाउने काम हुनसकेको छैन । कालीगण्डकी नदीमा समेत बाक्लो हिउँ जमेपछि खोलैखोला सञ्चालन हुने यातयातसमेत बन्द छ । “कालीगण्डकी करिडोरमा जमेको हिउँ हटाउने सम्भावना तत्काललाई छैन”, प्रजिअ अर्यालले भने, “कालीगण्डकी नदीमा खोलैखोला हिउँ सफा गरेर सडक यातयात सञ्चालन गर्ने प्रयास भइरहेको छ ।”

लोघेकर दामोदरकुण्ड गाउँपालिकाले चराङ्गसम्मको हिउँ सफा गरिसकेको र चराङ्गदेखि माथिल्लो क्षेत्रको हिउँ लोमान्थाङ गाउँपालिकाले सफा गर्ने सहमति भएको छ । गाउँपालिकाले एक÷दुई दिनभित्र हिउँ सफा गरेर सडक सञ्चालन गर्ने तयारीमा रहेको प्रजिअ अर्यालले बताए । जाडो शुरु भएपछि मुस्ताङी बेँसी झर्ने गर्दछन् । सिङ्गो लोमान्थाङ गाउँपालिकाभर १०० भन्दा बढी मानिस जाडोयाममा बसेका छैनन् । भेडा, च्याङ्ग्रा र घर कुर्नका लागि केही मानिस बसे पनि सबै बेँसीमा झरेका छन् । कोरल्ला नाकासमेत बन्द भएका कारण कोरोना भाइरसको समेत प्रभाव परेको छैन ।

“मानिस प्रायः घर बाहिर ननस्किने र सीमामा दोहोरो आवतजावतसमेत नरहेका कारण कोरोनाको प्रभाव छैन”, प्रजिअ अर्यालले भने । यसैबीच प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य मुस्ताङको मुक्तिक्षेत्रमा शनिबार सुरक्षाकर्मीलगायतले सरसफाइ तथा हिउँ पन्छाउने काम गरेका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सैनिक उच्चशिखर शिक्षालयका सैनिक जवान, सशस्त्र प्रहरी, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप पर्यटक चेकपोष्ट र स्थानीयवासीलगायतबाट मुक्तिनाथको पहिलोद्वारदेखि मन्दिर परिसरको बाटोमा थुप्रिएको हिउँ पन्छाइएको हो ।

लगातार तीनपटक परेको हिमपातले मुक्तिनाथ रानीपौवा बजारदेखि मुक्तिनाथद्वारसम्मको करीव दुई किलोमिटर पैदल बाटोमा दुई फिट हिउँ जमेपछि तीर्थालुलाई मन्दिर पुग्न कठिनाइ परेको थियो । रानीपौवा बजारदेखि मुक्तिनाथसम्मको दूरीमा बाक्लो हिउँ जमेकाले मुक्तिनाथ दर्शन गर्ने तीर्थालुलाई असहज हुँदै आएको थियो । बजारबाट मन्दिर जाने जीर्ण उकालो बाटो त्यसमाथि हिउँको चापले स्वदेशी तीर्थालुभन्दा भारतीय तीर्थालुलाई बढी समस्या पर्दै आइरहेको थियो । बाँक्लो हिउँमा पैदलयात्रा गर्दा तीर्थालुलाई लडेर चोटपटक लाग्ने गथ्र्यो ।

हिउँले भरिएको पैदलमार्गमा स्थानीयवासीले तीर्थालुलाई बोकर वा स्ट्रेचरमा राखेर लाने र ल्याउने गरेका थिए । सुरक्षाकर्मीले बाटोको हिउँ पन्छाएपछि तीर्थालुलाई अब आउजाउमा केही सजिलो भएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले बताए।