१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली मूलका निर्मल अर्यालको फ्रान्सेली चुनावमा उम्मेदवारी



अ+ अ-

लन्डन । फ्रान्समा आगामी मार्च महिनामा हुन लागेको निर्वाचनमा नेपाली मूलका निर्मल अर्यालले आफू रहेको इलाका ओभरभिलिय नगरपालिकामा उप–प्रमुख पदका लागि उम्मेदवारी दिएको बताएका छन् । फ्रान्समा समेत अध्ययन गरेका कारण अर्यालले फ्रेन्च समुदायसँग र त्यहाँका सामाजिक कार्यकर्ताहरूसँग राम्रोसँग घुलमिल र नजिकबाट चिनिने मौका पाएकाले सो क्षेत्रमा उनको राम्रो पकड रहेको बताइएको छ । उनी एनआरएनए फ्रान्सका पूर्वअध्यक्ष समेत हुन् । अर्याल गोरखा बजारमा जन्मेर सानै उमेरदेखि फ्रान्समा बसोबास गर्दै आएका हुन् ।

अर्याल पेशाले इन्जिनियर हुन् । फ्रेन्च भाषाको समस्याको कारण धेरै नेपाली तथा नेपाली मूलका व्यक्तिहरुको त्यहाँको राजनीतिमा कमै मात्रामा सहभागीता रहेको छ । निर्वाचनको पहिलोचरणमा अत्याधिक बहुमत ल्याउने अर्थात् ५० प्रतिशत भन्दामाथि ल्याउनेले नगरपरिषद्को जम्मा संख्याको आधा हिस्सा लाग्छ र बाँकी रहेको सिट समानुपातिक ढङ्गले ५ प्रतिशतभन्दा माथि भोट ल्याउने लिष्टलाई बाँडिन्छ । पहिलो चरणमा अत्याधिक बहुमत नआए न्युनतम १० प्रतिशत ल्याउने लिष्ट दोस्रो राउण्डमा जान पाउँछ ।

दोस्रो राउण्डमा जाने लिष्टहरू मिसिन मिल्ने प्रावधान छ । न्यूनतम ५ प्रतिशत भोट ल्याए १० प्रतिशतभन्दा माथी भोट ल्याउने लिष्टसँग मिसिएर दोस्रो राउण्डको चुनावमा भाग लिन पाउँछ ।दोस्रो राउण्डमा कुनै पनि लिष्टको बहुमत नआएमा अग्रपंक्तिमा रहेको लिष्टले बहुमतको ५० प्रतिशत सिट लैजाने व्यवस्था छ । र अरु बाँकी सिट भोट पाएको हिस्साले समानुपातिक हिसाबले बाँडिन्छ । स्थानीय चुनावमा महिला र पुरुषको हिस्सा बराबरी हुनुपर्ने प्रावधान छ । लिष्ट तय गर्दा पार्टी अथवा समुहले पुरुष महिला पालैपालो मिलाउनु पर्छ । नगरको जनसंख्याको आधारमा नगरपरिषद्को संख्या तोकिएको हुन्छ ।

फ्रान्सको पेरिस नगरपालिकासँग जोडिएको सेनशाँनदनि जिल्लामा रहेको ओभरभिलिय नगरपालिका जिल्लाको चौथो ठूलो नगरपालिका मानिन्छ । यो नगरपालिकामा करीब ८५ हजार जनसंख्या रहेको छ । अर्यालले उमेद्वारी दिएको समूहलाई फ्रान्सको सोसियलिष्ट पार्टी लगाएत अन्य थुप्रै सानातिना पार्टीको पनि समर्थन रहेको छ । यो समूहको मुल नारा “एक दिगो र साझेदारी परियोजनाको लागि” भन्ने रहेको छ । जसले फ्रेन्च मतदाताको मन पगाल्न सक्दछ । ६ वर्षसम्मका लागि फ्रान्सको स्थानियतहको समयावधि हुने छ । लामो समयदेखि सामाजिक कार्यमा लागिपरेको कारणले गर्दा फ्रान्सको राजनीतिमा आउन उत्प्रेरित भएको कुरा अर्यालले बताए ।