२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगमन्त्री भट्टले गरे फलाम खानी क्षेत्रको अवलोकन



अ+ अ-

नवलपरासी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलगायतको टोलीले मङ्गलबार पूर्वी नवलपरासीको हुप्सेकोट–५ मा रहेको देशकै सबैभन्दा ठूलो धौबादी फलाम खानी क्षेत्रको अवलोकन गरेको छ । सो अवसरमा मन्त्री भट्टले फलाम खानीले देशको आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले दुईदेखि साढे दुई वर्षभित्र फलाम उत्पादनको काम शुरु गरिने प्रतिबद्धता व्यक्त गरे ।

टोलीमा मन्त्रालयका सचिब यामकुमारी खतिवडा, उद्योग मन्त्रालयका सहसचिव एवं धौबादी फलाम कम्पनीका अध्यक्ष शोभाकान्त पौडेल, खानी तथा भूगर्भ विभागका महानिर्देशक डा सोमनाथ सापकोटा, उद्योग विभागका महानिर्देशक जीवन सिटौला र उपमहानिर्देशक रामप्रसाद घिमिरेलगायत सहभागी थिए ।