२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सहमतिका साथ गुठी विधेयक आउँछ, उपत्यकामा विशेष अधिकार: मन्त्री मानन्धर



अ+ अ-

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले राष्ट्रिय सहमति सहित गुठी विधेयक ल्याउने तयारीमा सरकार रहेको बताएका छन् । बुधबार काठमाडौंको दक्षिणी क्षेत्र छैमलेमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री मानन्धरले सबै नागरिकले स्वामित्व ग्रहण गर्नेगरी विधेयक ल्याउने तयारीमा सरकार रहेको बताएका हुन् । नेपालको संविधानको अनुसुचि ८ र ९ अनुसार स्थानीय सरकारलाई उप्यकाको साँस्कृतिक गुठी सञ्चालनको अधिकार दिइनु उपयुक्त हुने भन्दै मन्त्री मानन्धरले सरकार यसको गृहकार्यमा सरकार लागेको बताए ।

मन्त्री मानन्धरले उपत्यकाको नेवार लगायतका समुदायले गुठीमार्फत् जन्मदेखि मृत्युसम्मका कार्यहरु गर्नुपर्ने र साँस्कृतिक पर्वहरु पनि गुठीका माध्यमबाट सञ्चालन हुने भएकाले जनभावना अनुसार विधेयक ल्याउनेबारे आन्तरिक छलफल भइरहेको बताए । स्थानीय सरकारलाई गुठी सञ्चालनको अधिकार दिंदा स्थानीय जनताको मर्म र भावना अनुसार काम गर्न सकिने मन्त्री मानन्धरको तर्क छ । काठमाडौं उपत्यकाको गुठी जनताको जीवन, संस्कृति र संस्कारसँग जोडिएकाले यसको संरक्षण स्थानीय सरकार मार्फत् गर्दा उपयुक्त हुनेमा सबै सहमत रहेकाले खास विवाद नभएको मन्त्री मानन्धरको तर्क छ ।

गुठी विधेयकलाई जनताको भावनासाग जोड्न आफुले पहल गरेको बताउँदै मन्त्री मानन्धरले भुमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालसँग आफु निरन्तर सम्पर्कमा रहेको बताए । वर्तमान सरकार सुखी नेपाली समृद्ध नेपालको संकल्प सहित अघि बढीरहेकाले सबै जनताको भावना समेट्नेगरी विधेयक ल्याउने तयारीमा रहेको मन्त्री मानन्धरको दाबी छ । कार्यक्रममा छैमलेका स्थानीयले उपत्यकाका विभिन्न गुठीहरुलाई संरक्षण गर्नेगरी गुठी विधेयक ल्याउन माग गरेका थिए ।

बुधबार मात्रै भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले काठमाडौं महानगरका मेयरसहित सरोकारवालासँग छलफल थालेकी छिन् । फरक प्रसंगमा मन्त्री मानन्धरले व्यवस्थीत सहरीकरणका लागि मन्त्रालयले योजना बनाइरहेको बताउँदै काठमाडौं उपत्यकाको काँठ क्षेत्रको विकासका लागि आफुले विशेष पहल थालेने बताए ।