१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

राष्ट्रिय सहमतिका साथ गुठी विधेयक आउँछ, उपत्यकामा विशेष अधिकार: मन्त्री मानन्धर

राष्ट्रिय सहमतिका साथ गुठी विधेयक आउँछ, उपत्यकामा विशेष अधिकार: मन्त्री मानन्धर
अ अ+ अ-

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले राष्ट्रिय सहमति सहित गुठी विधेयक ल्याउने तयारीमा सरकार रहेको बताएका छन् । बुधबार काठमाडौंको दक्षिणी क्षेत्र छैमलेमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री मानन्धरले सबै नागरिकले स्वामित्व ग्रहण गर्नेगरी विधेयक ल्याउने तयारीमा सरकार रहेको बताएका हुन् । नेपालको संविधानको अनुसुचि ८ र ९ अनुसार स्थानीय सरकारलाई उप्यकाको साँस्कृतिक गुठी सञ्चालनको अधिकार दिइनु उपयुक्त हुने भन्दै मन्त्री मानन्धरले सरकार यसको गृहकार्यमा सरकार लागेको बताए ।

मन्त्री मानन्धरले उपत्यकाको नेवार लगायतका समुदायले गुठीमार्फत् जन्मदेखि मृत्युसम्मका कार्यहरु गर्नुपर्ने र साँस्कृतिक पर्वहरु पनि गुठीका माध्यमबाट सञ्चालन हुने भएकाले जनभावना अनुसार विधेयक ल्याउनेबारे आन्तरिक छलफल भइरहेको बताए । स्थानीय सरकारलाई गुठी सञ्चालनको अधिकार दिंदा स्थानीय जनताको मर्म र भावना अनुसार काम गर्न सकिने मन्त्री मानन्धरको तर्क छ । काठमाडौं उपत्यकाको गुठी जनताको जीवन, संस्कृति र संस्कारसँग जोडिएकाले यसको संरक्षण स्थानीय सरकार मार्फत् गर्दा उपयुक्त हुनेमा सबै सहमत रहेकाले खास विवाद नभएको मन्त्री मानन्धरको तर्क छ ।

गुठी विधेयकलाई जनताको भावनासाग जोड्न आफुले पहल गरेको बताउँदै मन्त्री मानन्धरले भुमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालसँग आफु निरन्तर सम्पर्कमा रहेको बताए । वर्तमान सरकार सुखी नेपाली समृद्ध नेपालको संकल्प सहित अघि बढीरहेकाले सबै जनताको भावना समेट्नेगरी विधेयक ल्याउने तयारीमा रहेको मन्त्री मानन्धरको दाबी छ । कार्यक्रममा छैमलेका स्थानीयले उपत्यकाका विभिन्न गुठीहरुलाई संरक्षण गर्नेगरी गुठी विधेयक ल्याउन माग गरेका थिए ।

बुधबार मात्रै भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले काठमाडौं महानगरका मेयरसहित सरोकारवालासँग छलफल थालेकी छिन् । फरक प्रसंगमा मन्त्री मानन्धरले व्यवस्थीत सहरीकरणका लागि मन्त्रालयले योजना बनाइरहेको बताउँदै काठमाडौं उपत्यकाको काँठ क्षेत्रको विकासका लागि आफुले विशेष पहल थालेने बताए ।