१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण

कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले चीनको वुहान प्रान्तबाट फैलिएको नोभेल कोरोना भाइरस विश्वव्यापी प्रभाव पारिरहेको भन्दै प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कोमल ओलीले विश्वभर फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको नेपालमा कस्तो अवस्था छ ? भनेर प्रश्न गरे । चीनको प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई उद्धार गरेर फिर्ता ल्याउने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै उनले भने, “चीनबाट नेपाली ल्याइँदै छ भने सरकारले उनीहरुलाई कहाँ र कसरी राख्ने व्यवस्था गरेको छ ?”

नेकपाकै कमलाकुमारी ओलीले कोरोना भाइसरको सङ्क्रमण बढिरहेको अवस्थामा वुहानमा रहेको नेपाली विद्यार्थी ठूलो तनावमा रहेको भन्दै तत्काल उच्चस्तरीय पहल गरी उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए । “कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपाली विद्यार्थी निकै आत्तिएको अवस्था छ”, उनले भने, “उनीहरु अलपत्र परेका छन्, तत्काल प्रभावित क्षेत्रमा फसेका नेपालीको तथ्याङ्क निकालेर उद्धार गरोस् ।” यता सरकारले भने प्रभावित क्षेत्रमा रहेका नेपालीलाई उद्धार गरेर नेपाल ल्याउने तयारी गरिरहेको छ ।

सरकारले स्वास्थ्य मन्त्रालय मातहत रहने गरी ३०० श्ययासम्मको अस्पताल बनाउने र भविष्यका लागि यस्ता जोखिमबाट बच्नका लागि छुट्टै अस्पताल बनाउने तयारीमा जुटेको छ । मङ्गलबारको प्रतिनिधिसभा बैठकमा पनि सांसदहरुले कोरोना भाइरसले नेपालमा पनि सङ्क्रमणको रूप लिन सक्ने भएकाले सम्पूर्ण तयारी गरी सचेत हुन सरकारको ध्यानाकर्षण गराएका थिए । नेपालमा कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म नदेखिएको र सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको छ ।

नेपाल कोरोना भाइरसलाई प्रवेश गर्नै नदिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा दुईपटक बैठक बसेको र स्वास्थ्यमन्त्री ढकालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल बनेको छ । चीनको वुहान प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्तमा तथा विश्वका २३ मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा अहिले १७ हजार ३५१ मा सो भाइरस देखिएको छ ।

त्यसमध्ये १७ हजार चीनकै नागरिकमा सो भाइरस देखिएको छ । नेकपाकै उदया शर्मा पौडेलले सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकलाई भाडादरमा छुट दिने व्यवस्था कार्यान्वयनमा आउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । राजधानीभित्रै चल्ने सवारीसाधनमा ज्येष्ठ नागरिकले सुविधा पाउन नसकेको यथार्थ सुनाउँदै उनले कतिपय सार्वजनिक सवारीसाधानमा आरक्षण सिटसमेत हटाइएको पाइएको बताए ।

“ज्येष्ठ नागरिक देशका गहना, सम्मानित व्यक्तित्व र जीवित इतिहास हुन्”, उनले भने, “ज्येष्ठ नागरिकले सार्वजनिक यातायातमा सुविधा प्राप्त गर्न सकेका छैनन्, राजधानीमै सुविधा नपाएका ज्येष्ठ नागरिकले मुलुकको अन्य भूभागमा के सहुलियत पाएका छन् त ?”