५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधानअनुसार माग सम्बोधन गर्न नेतृत्व तयार, गगन–विश्वलाई भेला स्थगित आग्रह



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले पार्टीभित्र देखिएको विवाद समाधान गर्न संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच संवाद जारी रहेपनि निष्कर्ष निस्कन नसकेको बताउनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता साउदले यस्तो बताउनुभएको हो । उहाँले विशेष महाधिवेशनको कार्यतालिका स्थगित गरेर गगन–विश्व समूह समेत संवादमा सक्रिय रहेको दाबी गर्नुभयो । उहाँले विशेष महाधिवेशन पक्षधरले अघि सारेका विधानअनुरुपका मागहरु सम्बोधन गर्न पार्टी नेतृत्व तयार रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वार्ता अगाडि बढेको छ । तर निष्कर्ष निकाल्न सकिएको छैन । भृकुटिमण्डपमा भेला गरिरहनुभएको साथिहरु पनि कार्यतालिका स्थगित गरेर आउनुभएको छ । संवाद जारी छ । उहाँहरुले जे प्रश्ताव ल्याउनुभएको छ । हामी सकारात्कम प्रश्तावलाई सकारात्मक रुपमै लिएका छौँ । उहाँले पनि निर्वाचनको तालिका स्थगित गरेर आउनुभएको छ । पार्टी एकतालाई कायम गर्नको लागि सबै गम्भीर हुनुपर्छ । अहिले केन्द्रीय समिति बैठक  जारी छ । पार्टी विधानअनुसारका मागहरु सम्बोधन गर्न पार्टी नेतृत्व सकारात्मक छ । भृकुटिमण्डपबाट उनीहरुले भेला स्थगित गरेर फर्किनुपर्छ ।’

उहाँले भृकुटिमण्डपमा जारी विशेष महाधिवेशनलाई भेलाको संज्ञा दिँदै उक्त भेला स्थगित गरेर फर्किन समेत आग्रह गर्नुभयो ।