१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

पर्वतीय पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ: अध्यक्ष प्रचण्ड

पर्वतीय पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ: अध्यक्ष प्रचण्ड
अ अ+ अ-

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले नेपालमा पर्वतीय पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । नेपाल पर्वतारोहण सङ्घद्वारा अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा आयोजित विश्व शान्ति पूजाको समापन एवम् सङ्घको १७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पर्वतीय पर्यटनको उपयोग गर्दै देशमा आर्थिक समृद्धि एवम् विकास गर्न सकिने प्रचुर सम्भावना रहेको बताए ।

अध्यक्ष प्रचण्डले पोखरास्थित सङ्ग्रहालयमा नेपालका हिमाली क्षेत्रमा रहने जातजातिका संस्कृति, परम्परा एवम् सभ्यतालाई प्रस्तुत गरिएको उल्लेख गर्दै यसको अवलोकनसँगै पर्वतीय पर्यटन, भूगोल आदिको अध्ययन गर्न चाहने जो कोही लाभान्वित हुने बताए । “भूगर्भशास्त्रीय अध्ययन गर्न चाहनेका लागि पनि सङ्ग्रहालय महत्वपूर्ण बनेको छ”, उनले भने, “यसको व्यवस्थित विकासका लागि म आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” उल्लासका साथ भ्रमण वर्ष २०२० मनाइरहेको प्रसङ्ग उल्लेख गर्दै उनले यसको शुरुआतमा नै चीनमा देखिएको कोरोना भाइरसको हल्लाका कारण यहाँको पर्यटनमा सामान्य प्रभाव परे पनि यो चाँडै नै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले विश्वकै उत्कृष्ट पर्यटकीयस्थल पोखरामा सङ्ग्रहालय स्थापना भएको बताउँदै यो विश्वभरिका पर्यटकका लागि अवलोकन गर्न आउने स्थलका रुपमा विकास हुनुपर्ने आवश्यकता औँल्याए । पोखरा विमानस्थल सम्पन्न हुने चरणमा रहेको प्रसङ्ग उल्लेख गर्दै उनले यहाँका जनताको आर्थिक विकास एवम् समृद्धिका लागि बृहत् चक्रपथ निर्माण गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयलाई व्यवस्थित एवम् प्रभावकारी रुपमा सञ्चालन गर्न सुझाव दिँदै यसमा प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेशसभा सदस्य विन्दुकुमार थापाले पर्वतीय सङ्ग्रहालयले पोखराको पर्यटनमा महत्वपूर्ण भूमिका खेलेको बताए । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले वार्षिक तीन लाख पर्यटकले सङ्ग्रहालय अवलोकन गरेको जानकारी दिए । हिमाल आरोहणका क्रममा मृत्यु भएकाको आत्माशान्तिको कामना गर्दै तेस्रोपटक विश्व शान्ति पूजा गरिएको उनले बताए ।यसअघि अध्यक्ष प्रचण्डले सङ्ग्रहालयको अवलोकनका साथै नेपाल पर्वतारोहण सङ्घको झण्डा झण्डोत्तोलन गरे । उनले पर्वतीय सङ्ग्रहालयका संस्थापकहरूको सालिकमा पनि माल्यार्पण गरे ।