२३ भाद्र २०८३, मंगलवार
,
Latest
जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो?
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपअघि नेपालले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने



अ+ अ-

काठमाडौँ । आगामी फेब्रुअरी ७ बाट सुरु हुने आईसीसी टी–२० विश्वकप अघि नेपाली क्रिकेट टोलीले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने भएको छ।

नेपाल क्रीकेट संघ (क्यान)ले विश्वकप तयारीअन्तर्गत नेपालले खेल्ने अभ्यास खेलहरूको तालिका सार्वजनिक गरेको हो।

तालिकाअनुसार नेपालले जनवरी २०, २२ र २४ मा श्रीलंका ‘ए’ टोलीसँग तीन अभ्यास खेल खेल्नेछ। यी खेलहरू श्रीलंकामै हुनेछन्।

त्यसपछि नेपाली टोली भारत प्रस्थान गर्नेछ, जहाँ जनवरी २९ र ३१ मा भारतमा दुई अभ्यास खेल खेल्ने कार्यक्रम छ।

विश्वकपअघि अभ्यास खेल खेल्न पाउँदा नेपाली टोलीको तयारी थप मजबुत हुने क्यानको विश्वास छ।