१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

वातवरण स्वच्छ बनाउन गरिएको ‘हरियाली अभियान’

वातवरण स्वच्छ बनाउन गरिएको ‘हरियाली अभियान’
अ अ+ अ-

नेपालगञ्ज । यहाँको तापक्रम सन्तुलन कायम गर्न र वातवरण स्वच्छ बनाउन ‘हरियाली अभियान’ शुरुआत गरिएको छ । “आउँदो तीन वर्षभित्र नेपालगञ्जलाई हरियालीयुक्त शहरमा रुपमा विकास गरिने अभियानको उद्देश्य छ”, उप महानगरपालिका प्रमुख डा धवलशम्शेर राणा भन्छन्, “सामाजिक संस्थाको सहयोग र सहकार्यमा नगरको टोलटोलका सडक किनारमा रुख रोपेका छौँ ।” हरियालीयुक्त शहर बनाउन नगरपालिकासँग थुप्रै चुनौती छ । नगरका अधिकांश साँघुरा बस्तीमा रुख रोप्ने ठाउँ नै बाँकी नराखी बनाइएका सडक, नालाका कारण अभियानले सोचेजस्तो परिणाम दिन सक्लाजस्तो देखिँदैन ।

“हामी यसको पनि कुनै विकल्प खोज्छौं, ठूलो रुखको सट्टा ससाना बोटबिरुवा त्यस्ता बस्तीमा लगाइने छ”, उनले भने । अभियानको शुरुआती चरणमा नेपालगञ्ज सुर्खेत सडकखण्डको राझादेखि जमुनहासम्म रुख रोपिएका छन् । सो कार्यमा नगरपालिकालाई उद्योग वाणिज्य संघ, ग्रिन नेपाल क्लिन नेपाल, बी–गु्रपलगायतका संस्थाले सहयोग पुर्याइरहेका थिए । बढ्दो शहरीकरण, जनसङ्ख्या वृद्धि, वातावरण प्रदूषण, रुख बिरुवाको जथाभावी कटान र सवारीसाधनको धुवाँजस्ता कारणले नेपालगञ्जको तापक्रम वृद्धि हुँदै गएको जनाइएको छ ।

“यीनै कुरालाई दृष्टिगत गरी शहरको हरियाली अभियानमा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले सघाएको हो । यसका लागि नगरपालिकालाई हामी सबैखाले सहयोग गर्न तयार छौँ”, सङ्घका अध्यक्ष नन्दलाल वैश्य बताउछन् । नगरपालिकाले हरियाली अभियानअन्तर्गत एक घरले कम्तीमा एउटा रुख रोप्नुपर्ने अनिवार्य व्यवस्था पनि गरेको छ । घर निर्माण गर्ने क्रममा सो प्रावलाई कडाइका साथ नगरपालिकाले कार्यान्वयन गराएको पाइँदैन । नगर प्रमुख राणा भनछन्, “यसको हामीले सूक्ष्म अध्ययन गरिरहेका छौँ । जसले यसको पालना गर्दै नगरपालिकाको सेवा सुविधाबाट वञ्चित गरिने छ ।”

हरियाली अभियानको साथसाथै नेपालगञ्जलाई ध्वनि निषेध गर्ने नीति उपमहानगरपालिकाले तय गरेको छ । नगरमा गुड्ने सवारीसाधनमा हर्न बजाउन निषेध गरिएको छ । मन्दिर र मस्जिदबाट प्रसारण गरिने लाउडिस्पिरको प्रयोग नगर्न पनि सम्बद्ध पक्षसँग आग्रह गरिएको छ ।
विवाह, भोजभतेरमा अरुलाई प्रभाव गर्ने गरी डिजे बजाउन पनि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । सो निर्णयलाई कार्यान्वयनमा सघाउन यहाँका मुस्लिम धर्मगुरुको बैठकले मुस्लिम समुदायको विवाह र अन्य कार्यक्रममा डिजे प्रयोगमा पूर्ण प्रतिबन्ध नै लगाएको छ । यसको पूर्ण पालना पनि भएको छ ।

हामीले ध्वनि प्रदूषणलाई पनि प्रभावकारी वातावरण सुधारको एक महत्वपूर्ण कडीका रुपमा लिएका छौँ”, प्रमुख राणाले भने “यसका लागि जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घ, धार्मिक तथा सरोकारवाला सामाजिक संस्थालाई योजनाभित्र समेटिएको छ ।”नेपालगञ्ज मुलुककै सबैभन्दा बढी गर्मी हुनेका शहरका रुपमा परिचित छ । पछिल्लो समय विकास निर्माणको संरचना विस्तार हुने क्रमसँगै शहरमा दिन प्रतिदिन तापक्रम पनि बढ्दै गएको छ ।