१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अटो दुर्घटना हुँदा चालकको मृत्यु, तीन जना घाइते



अ+ अ-

काठमाडौं । विराटनगरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।आज (बिहीबार) विहान विराटनगर महानगरपालिका १० अरनिको कलेज नजिकै को२ह २११३ नम्बरको अटो अनियन्त्रित भइ दुर्घटना हुँदा ४५ वर्षीय चालक सलिम मियाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मियाँलाई उपचारको लागि विराटनगरको न्युरो अस्पतालामा लगिएको तर उनको उपचारको क्रममै मृत्यु भएको हो ।

दुर्घटनामा अटोमा सवार अन्य ३ जना, विराटनगर १० की ५५ वर्षीय मधुश्री मिश्र, ६५ वर्षीय अरुणा नन्द मिश्र र १९ वर्षीय शिवम सरब घाईते भएका छन् । उनीहरुको न्युरो अस्पतालमै उपचार भइरहेको छ ।