१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध केन्द्रलाई दियो तीन करोड रुपैयाँ



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध भवन केन्द्रको धम्महल भवन निर्माण गर्न रु तीन करोड बढी रकम अनुदानस्वरुप प्रदान गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले केन्द्रका अध्यक्ष प्रतीकरत्न ताम्राकारलाई रु तीन करोड एक लाख ६९ हजार २०० अनुदान रकम उपलब्ध गराएका हुन् । प्रमुख शाक्यले कामपाले भौतिक पूर्वाधार विकास, शहरी सेवा व्यवस्थापन र सम्पदा पुनःनिर्माणसँगै आफ्नो क्षेत्रभित्रका सम्भावनाको खोजी र प्रवद्र्धनमा काम गरिरहेको बताए ।

महानगरले उपलब्ध गराएको सहयोग रकमबाट केन्द्रको विकासका लागि ठूलो सहयोग पुगेको बताउँदै केन्द्रका अध्यक्ष ताम्राकारले केन्द्रको घरजग्गा कर मिनाहा गरिदिन आग्रह गरे । “हामी सामाजिक सेवा र बौद्ध दर्शनको प्रवद्र्धनका लागि काम गरिरहेका छौँ, यसैको बिस्तारका लागि महानगरले आर्थिक अनुदान दियो । अब घरजग्गा करमा माफी गरिदियो भने ठूलो राहत हुने थियो”, अध्यक्षको आग्रह थियो ।

केन्द्रका उपाध्यक्ष मोतीकाजी शाक्यले केन्द्रको परिचय र प्रगति प्रस्तुत गर्दैै शान्तिका दूत गौतम बुद्धको आदर्श विश्वभर फैलाउन केन्द्रले रातदिन काम गरिहेको उल्लेख गरे । विसं २०४२ मा स्थापना भएको केन्द्र करिब सात रोपनी छ आना तीन पैसा क्षेत्रफलमा फैलिएको छ । केन्द्रले बौद्ध परियन्ती शिक्षा अध्यापन गराउँदै आएको छ ।