२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध केन्द्रलाई दियो तीन करोड रुपैयाँ



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध भवन केन्द्रको धम्महल भवन निर्माण गर्न रु तीन करोड बढी रकम अनुदानस्वरुप प्रदान गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले केन्द्रका अध्यक्ष प्रतीकरत्न ताम्राकारलाई रु तीन करोड एक लाख ६९ हजार २०० अनुदान रकम उपलब्ध गराएका हुन् । प्रमुख शाक्यले कामपाले भौतिक पूर्वाधार विकास, शहरी सेवा व्यवस्थापन र सम्पदा पुनःनिर्माणसँगै आफ्नो क्षेत्रभित्रका सम्भावनाको खोजी र प्रवद्र्धनमा काम गरिरहेको बताए ।

महानगरले उपलब्ध गराएको सहयोग रकमबाट केन्द्रको विकासका लागि ठूलो सहयोग पुगेको बताउँदै केन्द्रका अध्यक्ष ताम्राकारले केन्द्रको घरजग्गा कर मिनाहा गरिदिन आग्रह गरे । “हामी सामाजिक सेवा र बौद्ध दर्शनको प्रवद्र्धनका लागि काम गरिरहेका छौँ, यसैको बिस्तारका लागि महानगरले आर्थिक अनुदान दियो । अब घरजग्गा करमा माफी गरिदियो भने ठूलो राहत हुने थियो”, अध्यक्षको आग्रह थियो ।

केन्द्रका उपाध्यक्ष मोतीकाजी शाक्यले केन्द्रको परिचय र प्रगति प्रस्तुत गर्दैै शान्तिका दूत गौतम बुद्धको आदर्श विश्वभर फैलाउन केन्द्रले रातदिन काम गरिहेको उल्लेख गरे । विसं २०४२ मा स्थापना भएको केन्द्र करिब सात रोपनी छ आना तीन पैसा क्षेत्रफलमा फैलिएको छ । केन्द्रले बौद्ध परियन्ती शिक्षा अध्यापन गराउँदै आएको छ ।