५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनमा नवजात शिशुमा पनि देखियो कोरोना, गर्भमा नै संक्रमण भएको चिकित्सकहरुको आशंका



अ+ अ-

काठमाडौं । चीनको वुहानमा एक नवजात शिशुलाई समेत कोरानो भाइरस भएको पुष्टि भएको छ । कोरानोबाट संक्रमित हुने सबैभन्दा कम उमेरका व्यक्तिमा ति बच्चा रहेको चिनियाँ सञ्चार मध्यमले समेत जनाएको छ । बच्चा ३.३५ किलो तौलका छन् ।

मंगलबार कोरोना भाइरस संक्रमण भएकी आमाले हुबे प्रान्तको वुहानमा शिशुलाई जन्म दिएकी थिइन् । उनलाई गर्भावस्थामै भाइरस सरेको हो वा जन्मिएपछि सरेको हो भन्ने प्रष्ट भने भएको छैन ।

बच्चा जन्मिएको ३० घन्टामा नै कोरोना संक्रमण भएको पाइएको हो । गर्भमा नै उनलाई संक्रमण भएको हुनसक्ने आशंका यता चिकित्सकहरुले गरेका छन् । शिशु चिकित्सकको निगरानीमा छन् र उनको अवस्था स्थीर छ ।