१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

गण्डकी प्रदेशसभाको दुईवर्षे समयावधिमा ३५ विधेयक पारित

गण्डकी प्रदेशसभाको दुईवर्षे समयावधिमा ३५ विधेयक पारित
अ अ+ अ-

पोखरा । गण्डकी प्रदेशसभाको दुईवर्षे समयावधिमा चार संशोधनसहित ३५ विधेयक पारित भएका छन् । प्रदेशसभा सचिवालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले गण्डकी प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक २०७४ माघ २२ शुरु भएयता हालसम्म चारवटा अधिवेशन सम्पन्न भई पाँचौँ चालु रहेको जानकारी गर्राए । उनका अनुसार प्रदेशसभाको पहिलो अधिवेशनमा नौ, दोस्रोमा १३, तेस्रोमा छ, चौथोमा छवटा विधेयक पारित भएका थिए । चालु अधिवेशनमा एउटा विधेयक पारित भएको छ ।

दुईवटा विधेयक विधायन समितिमा दफवार छलफलका क्रममा छन् । दुईवटा प्रदेशसभामा विचाराधीन छन् । यसबीचमा भौतिक पूर्वाधारका काम अघि बढेको बताउँदै उनले प्रदेशसभाका समिति र संसदीय दलको कार्यालय सञ्चालनका लागि प्री–फ्याब भवनको निर्माण सम्पन्न हुने चरणमा रहेको जानकारी दिए ।

प्रदेश अन्तर्गतका जिल्ला समन्वय समितिसँग भिडियो कन्फरेन्सको माध्यमबाट सम्पर्क स्थापनाका लागि युएनडिपी संसद् सहयोग परियोजनाको सहयोगमा कन्फेरेन्सिङ हल स्थापना भएको उजनले बताए । प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले यस अवधिमा सभाका काम प्रभावकारी रुपमा अघि बढेको बताउँदै धेरैजसो ऐन सर्वसम्मत रुपमा पारित भएको उल्लेख गरे ।