१९ माघ २०८१, शनिबार
,
Latest
‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण छानविनमा अख्तियारको नियत नै खराब देखियो: बाबुराम भट्टराई



अ+ अ-

काठमाडौं । ललिता निवास प्रकरण छानविनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियत खराब देखिएको पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रतिक्रिया दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण बिहिबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय ससंद भवन परिसरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अख्तियारको छानविन प्रक्रिया प्रति असन्तुष्टी जनाएका हुन् ।

उनले भागवण्डाका आधारमा जानेहरुले निश्पक्ष अनुसन्धान गर्न नसक्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन प्रक्रियामा नै त्रुटी रहेको तर्क गरे । जग्गा फिर्ता गर्छु भनेकाले मुद्दा नचलाइएको भन्ने सन्र्दभमा उनले ‘कसैले चोर्यो म फिर्ता गर्छु भनेर छाड्न हुन्छ ?’ भनी प्रश्न समेत गरे ।

उनले भने, ‘अख्तियार दुरुपयोग आयोग गठन प्रक्रिया नै त्रुटीपूर्ण छ । कर्मचारी मध्येबाट भागवण्डामा मान्छे नियुक्त हुन्छन् । उनीहरु निश्पक्ष ढंगले अनुसन्धान गरी मुद्दा चलाउन पनि सक्दैनन् । हाम्रा ऐन कानुन यति प्रक्रियामुखी छन् कि परिणाममा जानुभन्दा नि प्रक्रिया पुर्याउँदै गएर परिबन्धले साधु र कुनै गल्ती नगरेको मान्छे फस्ने र जसले बद्मासी गरेको छ, त्यसले प्रक्रिया पूरा गरेर उम्कने । यस्तो नियम कानुनको पनि समस्या छ । ललिता निवास प्रकरणमा नियत खराब जस्तो पनि देखिन्छ । केही मान्छेले मुक्ति पाउने, कसैले चोर्यो, म फिर्ता गर्छु भनेर पछि छोड्नुहुन्छ ?’