३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजका विकृति र विसंगतिहरु बिरुद्धको बिम्बको रुपमा नेपाल स्काउट उभिनुपर्छ- नेपाल स्काउट (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले समाजका विकृति र विसंगतिहरुको बिरुद्धको बिम्बको रुपमा नेपाल स्काउट हुनुपर्ने बताउनु भएको छ ।  
नेपाल स्काउटको ककनी अन्तर्राष्ट्रिय तालिम केन्द्रमा भएको आधारभुत स्काउट तालिममा कर्णाली प्रदेशका स्काउट प्रतिनिधिहरुलाई तालिम दिँदै संयोजक भण्डारीले समाजका विकृति र विसंगति बिरुद्धको बिम्बको रुपमा नेपाल स्काउट हुनुपर्ने बताउनु भएको हो ।

उहाँले समाज परिवर्तनको वाहकको रुपमा नेपाल स्काउट नउभिए देश र समाजको परिवर्तन नहुने बताउनु भयो । संयोजक भण्डारीले नेपाल स्काउटका सदस्यहरुले मानिसको सोच र चिन्तनमा परिवर्तन ल्याउनु पर्ने भन्दै यसका लागि युवा पुस्ता तयार हुनुपर्ने बताउनु भयो । उहाँले स्काउटले देशका हरेक कुनाको प्रतिनिधित्व हुने गरेर काम नगरे देशको विकास हुन नसक्ने बताउनु भयो ।

संयोजक भण्डारीले भन्नुभयो, ‘समाजका विकृति र विसंगतिहरु बिरुद्धको बिम्बको रुपमा नेपाल स्काउट उभिनुपर्छ । सबल, सक्षम समाज निर्माण गर्नका लागि अब तपाईहरुको तहबाट राज्यले परिकल्पना गरेको छ । परिकल्पना गरेको चिज भनेको त्यहाँका बालबालिकाहरु, त्यहाँका जुनकुनै समुदायका मान्छेहरु, कुनै पनि समाजका सूचनाका हकबाट, तालिमको दृष्टिकोणबाट एउटा सबल नेतृत्व गर्नको लागि कुनै कुराले अभाव हुने छैन भन्ने महशुस गराउने गरी कर्णालीलाई परिवर्तन गर्नुपर्छ । पहिलो कुरा मानिसका धेरै चिन्तन र सोचहरुमा परिवर्तन ल्याउनुछ । त्यो सोच र चिन्तनहरुमा परिवर्तन ल्याउने काम यो जमातले गर्नुपर्छ ।

तपाईले तालिममा जे शिक्षा पाउनुभएको छ त्यो कुरा स्काउटको प्रत्येक विद्यालयमा अनिवार्य सिकाउने शिक्षाको रुपमा परिणत गर्नुपर्छ र तपाई एउटा समाज परिवर्तनको वाहकको रुपमा निस्किनुपर्छ । तपाईहरुलाई लिडशीपमा देख्न पाउनुपर्छ । स्थानीय पालिकाहरुको नेतृत्व विकासमा तपाईको भूमिका हुनुपर्छ । जबसम्म तपाईले कर्णाली प्रदेशका कुनाकुनालाई प्रतिनिधित्व हुनेगरी काम गर्नुहुन्न तबसम्म समाज परिवर्तन हुँदैन । नेपाल विकास हुँदैन ।’

संयोजक भण्डारीले कर्णाली प्रदेशसहित देशभरका ग्रामिण तहका विद्यालयमा पनि स्काउटको शिक्षा दिइरहेको र अझै त्यसलाई सशक्त ढंगले अघि बढाउनु पर्ने बताउनु भयो ।