१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

राष्ट्रियसभाद्वारा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक स्वीकृत

राष्ट्रियसभाद्वारा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक स्वीकृत
अ अ+ अ-

काठमाडौँ । योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ लाई राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव माथिको सैद्धान्तिक छलफलपछि उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामनारायण विडारीले विश्वविद्यालयको मूलभूत सिद्धान्तका बारेमा विधेयकमा अलि प्रस्ट हुन नसकेको टिप्पणी गरे । त्यस्तै सांसद डा विमला राई पौडेलले सम्बन्धित निकायसँग प्राप्त छलफल गरेर मात्रै विधेयकलाई पूर्णता दिनुपर्नेमा जोड दिए । सांसद रामप्रीत पासवानले संविधानमा व्यवस्था गरिएको समानुपातिक व्यवस्थालाई विधेयकले ध्यान नदिएको बताए ।

सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले दर्शन, संस्कृति र प्रकृतिको आवश्यकताका आधारमा विधेयक आएको प्रस्ट पारे । उनले सांसदहरुले उठाउनुभएको सान्दर्भिक सुझावलाई समावेश गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । छलफलमा सांसदहरु प्रकाश पन्थ, बद्रीप्रसाद पाण्डे, राधेश्याम अधिकारी, खगेन्द्र प्रकाश पुरी, उदया शर्मा पौडेल र जीवन बुढाले भाग लिएका थिए । राष्ट्रियसभाको अर्को वैठक यही माघ २७ गते सोमबार अपराह्न २ बजे बस्नेछ ।