३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

२८ औँ भूकम्प सुरक्षा दिवस मनाइने

२८ औँ भूकम्प सुरक्षा दिवस मनाइने
अ+ अ-

काठमाडौँ । सरकारले २८ औँ भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । आगामी माघ २ गते ‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भुकम्प उत्थानशील नेपाल अबको जिम्मेबारी’ भन्ने नाराका साथ भुकम्प सुरक्षा दिवस मनाउन लागिएको हो ।

वि.सं. १९९० साल माघ २ गतेका दिन २ बजेर २४ मिनेट जाँदा गएको महाभूकम्पको स्मृतिमा गृह मन्त्रालयको संयोजकत्वमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गतेका दिनलाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाइँदै आइएको छ । शहरी विकास तथा भवन निर्माण विभाग महानिर्देशक ई. रविन्द्र बोहराले  शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतका कार्यालयहरुलाई यो दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी २८ औं भूकम्प सुरक्षा दिवस मनाउन निर्देशन जारी भइसकेको जानकारी दिनुभयो । भूकम्प सुरक्षा दिवसका बारेमा जानकारी दिन सोमवार विभागमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महानिर्देशक बोहोराले देशव्यापी रुपमा विविध कार्यक्रमहरु सञ्चालन गरी २८ औं भूकम्प सुरक्षा दिवस मनाउने कार्यक्रम रहेको बताउनु भयो ।

महानिर्देशक बोहोराले भन्नुभयो–‘सबै तहका सरकार, सबै नागरिकको तयारी भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ भन्ने मूल नाराका साथ देशव्यापी रुपमा विविध कार्यक्रमहरु सञ्चालन गरी २८ औं भूकम्प सुरक्षा दिवस देशैभर मनाउने कार्यक्रम रहेको छ । यस दिवसको मूल समारोहको कार्यक्रम काठमाडौं महानगरपालिका स्थित खुल्लामञ्चमा आयोजना गरिनेछ । यस दिन वसन्तपुर क्षेत्रमा विभिन्न संस्थाहरुले लामवद्ध भई भूकम्प सुरक्षा ¥यालीमा भाग लिनेछन् । वसन्तपुर बाट शुरु भएर उक्त ¥याली आकाश भैरब, इन्द्रचोक, असन, भोटाहिटी हुँदै कार्यक्रम स्थल खुल्लामञ्चमा आइपुग्नेछ । ¥याली पश्चात प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा मूल समारोह समितिको कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रम स्थलमा दुईदिने भूकम्प सुरक्षा प्रदर्शनी कार्यक्रमको आयोजना गरिनेछ । सो कार्यक्रममा विपद् जोखिम न्युनिकरणको क्षेत्रमा काम गर्ने विभिन्न संघसस्थाहरुको पनि सहभागिता रहनेछ । भूकम्प सुरक्षा दिवसको उपलक्ष्यमा मूल समारोहको कार्यक्रम बाहेक बिभिन्न निकायहरुको सक्रियतामा प्रदेश तथा स्थानीय तह लगायत देशभरी नै गोष्ठी, छलफल, ¥याली, अन्तरक्रिया, प्रदर्शनी, प्रतियोगिता कार्यक्रहरु, रक्तदान, सडक नाटक, अडियो भिडियो कार्यक्रमहरु लगायतका बिभिन्न प्रचारप्रसारका कार्यक्रमहरु आयोजना हुनेछन् । राष्ट्रिय तथा देशव्यापी रुपमा मनाइने अन्य कार्यक्रमहरुको सूचिहरु तयार गरी यहाँहरुलाई वितरण भएको छ ।’ 

महानिर्देशक बोहोराले विपद्का बेला जनधनको क्षति मुख्य रुपमा कमजोर घर वा संरचना भत्केर हुने गरेको बताउनु भयो । उहाँकाअनुसार जसकारण देशको समग्र विकास स्थितिलाई निकै पछाडि धकेलिदिन्छ । भूकम्पीय जोखिम न्युनिकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने र यसका लागि नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवन संहिता पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने भएकाले यो नै सशक्त पूर्व तयारी रहेको बताउनु भयो ।

उहाँकाअनुसार  भूकम्प पश्चातको सम्भाव्य अवस्थालाई पूर्व आँकलन गरी प्रभावकारी र द्रुत खोज तथा उद्धार, सीपयुक्त र तालिम प्राप्त उद्धारक एवं तत्काल राहतको आवश्यकतालाई समेत तयारी अवस्थामा राख्नु पनि उत्तिकै जरुरी रहेको छ । भूकम्पीय जोखिम न्युनिकरण गर्न पूर्वतयारीदेखि भूकम्प पश्चात्को पुनस्र्थापना सम्मका विभिन्न कार्यहरु विभिन्न निकायहरुबाट निरन्तर रुपमा भइरहेका समेत बोहोराले बताउनु भयो ।