३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

खेलकुदको हब बन्दै इस्माको जैढुङ्गा बिपी पार्क

खेलकुदको हब बन्दै इस्माको जैढुङ्गा बिपी पार्क
अ+ अ-

तम्घास । रेसुङ्गा नगरपालिकाको फोर्टिन स्टार युवा क्लबले प्रत्येक वर्ष सदरमुकाम तम्घासको चिदिचौर खेलमैदानमा जिल्लास्तरीय छात्र फुटबल प्रतियोगिता सञ्चालन गथ्र्यो ।

उक्त खेलमैदानमा विभिन्न जिल्लास्तरीय खेलकुदका प्रतियोगिता हुने गर्दथे । यसपटक भने तम्घासको चिदिचौर खेलमैदान निर्माणाधीन छ । त्यसले गर्दा कुनै पनि खेलकुदका कार्यक्रम सञ्चालन भएका छैनन् । यस वर्ष गर्ने कि नगर्ने भन्ने थियो । गुल्मीको इस्मा गाउँपालिकाले वडा नम्बर १ झरनामा पालिकाले जैढुङ्गा बिपी पार्कसँगै अन्तरराष्ट्रिय मापदण्डको क्रिकेट रङ्गशाला निर्माण ग¥यो । त्यसले गर्दा जिल्लामा हुने विभिन्न प्रतियोगिता अहिले उक्त रङ्गशालामा हुने गरेका छन् ।

सदरमुकाम तम्घासबाट जम्मा १४ किलोमिटर टाढा रहेको खेलमैदानमा जिल्लादेखि स्थानीयस्तरका सबै खेलकुदका कार्यक्रम सञ्चालन भइरहेका छन् । “खेलमैदानको अभावमा यस वर्ष खेलकुद प्रतियोगिता सञ्चालन गर्ने कि नगर्ने भन्ने थियो”, क्लबका अध्यक्ष नारायण आचार्यले भन्नुभयो, “इस्मामा आकर्षक खेलमैदान बनेको रहेछ, पालिकाले सहयोग गर्ने भए पनि जैढुङ्गा बिपी पार्कमा प्रतियोगिताको आयोजना ग¥यौं ।”

उहाँले क्रिकेट मैदानलाई फुटबल मैदानका रुपमा प्रयोग गरी प्रतियोगिता सञ्चालन गरेको बताउनुभयो । ग्रासरुटका खेलाडी उत्पादन गर्न खेलमैदानले सहयोग गरेको उहाँको भनाइ छ । सदरमुकामको खेलमैदान निर्माणाधीन हुँदा यस वर्ष जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड, जिल्लास्तरीय छात्रा फुटबल प्रतियोगितालगायत सदरमुकाम बाहिर सञ्चालन गरिएको थियो ।

इस्मामा एक महिनामै पाँच वटा प्रतियोगिता सम्पन्न

पार्कमा दिनहुँजसो खेलकुदका कार्यक्रम सञ्चालन हुन थालेपछि इस्मा गाउँपालिका खेलकुदमय बन्न थालेको छ । पछिल्लो एक महिनामै पार्कमा पाँच विभिन्न खेलकुदका प्रतियोगिता सम्पन्न भएका छन् । सबैभन्दा पहिले इस्माकै परिवर्तन युवा क्लबले गत मङ्सिर २० देखि २५ गतेसम्म क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो ।

कूल १० टोली सहभागी प्रतियोगिताको उपाधि रुपन्देहीको देवहदको युवा क्लब हात पारेको थियो । दोस्रो खेल गुल्मीको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र पत्रकार महासङ्घबीच मैत्रीपूर्ण भएको थियो । तेस्रो खेलका रुपमा फोर्टिन स्टार युवा क्लबले पुस ८ देखि १० गतेसम्म जिल्लाका माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगिता गरेको थियो ।

त्यसैगरी चौथो खेल पुस १५ गते विद्युत् कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता तथा पाँचौँ खेलको रुपमा पुस २४ देखि २६ गतेसम्म इस्माको राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भयो । अब छैठौँ खेलका रुपमा तम्घासको खुकुरी युवा क्लबले आगामी माघ ६ देखि १० गतेसम्म विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गरेको वडाध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिनुभयो ।

कुँवरले पछिल्लो समय पार्कमा घुमफिर, पिकनिक एवं खेलकुदका धेरै कार्यक्रम सञ्चालन हुँदा स्थानीयस्तरमा आर्थिक चलायमान बढेको बताउनुभयो । स्थानीय उत्पादन बिक्री हुनुका साथै चटपटे, होटल व्यवसाय, फलफुल व्यवसाय लगायतका व्यवसाय बढ्ने र घडेरीको मूल्य वृद्धि भएको वडाध्यक्ष कुँवरको भनाइ छ ।

पछिल्लो समय युवामा क्रिकेटप्रतिको मोह बढ्दै गएपछि इस्मा गाउँपालिकाले वडा नम्बर १ मा बिपी पार्कको नाममा क्रिकेट रङ्गशालाको निर्माण गरेको थियो । सार्वजनिक जग्गा सदुपयोग गरेर बनाइएको उक्त खेलमैदानमा पार्क र वनभोज स्थलसमेत बनाइएको छ । मदन भण्डारी राजमार्गको छेउमा पर्ने जैढुङ्गा बिपी पार्कको काम २०७९ सालबाट सुरु भएको थियो । पहिलो वर्ष २०७९ मा रु पाँच लाख, २०८०÷८१ मा रु एक करोड र २०८१÷८२ मा रु एक करोड २३ लाख लागतमा खेलमैदानसहितको संरचना तयार भएको गाउँपालिका उपाध्यक्ष एवं प्रवक्ता पार्वती कुँवरले बताउनुभयो ।

उहाँले पार्कमा माटो बिछ्याउने, खोलाको किनारमा पर्खाल लगाउने, ग्याभिन जाली, तारजाली घेराबार, बगैँचा निर्माण, पिकनिकका लागि संरचना तयार, फलफूलका बिरुवा रोपण, पिउने पानी, पार्किङ, शौचालयलगायत संरचना तयार गरेको बताउनुभयो ।

“खेलकुदको नयाँ घरका रुपमा खेलमैदान निर्माण गरेका छौँ”, उपाध्यक्ष कुँवरले भन्नुभयो, “भविष्यमा समग्र जिल्लाको खेल पर्यटनलाई वृद्धि गर्ने लक्ष्य लिएका छौँ ।” उहाँले जेनजी आन्दोलनका कारण सङ्घीय सरकारको रु तीन करोड बजेट रोकिए पनि आगामी वर्षहरुमा खेलमैदानलाई थप आकर्षक र स्तरोन्नति गर्ने योजना रहेको बताउनुभयो । खेलमैदान निर्माणपछि स्थानीय खेलाडीलाई खेलप्रति मोह बढेको कुँवरको भनाइ छ । रासस