३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’

‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’
अ+ अ-

महेन्द्रनगर । मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले निजी विद्यालयले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ ।

धनुषा प्याब्सनको दोस्रो जिल्ला परिषद् भेलालाई आज सम्बोधन गर्दै उहाँले शिक्षा गुणस्तर अभिवृद्धिका लागि सरकारी तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । सभामुख यादवले शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट टाढा राखी नीति र व्यवहारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले निजी तथा संस्थागत विद्यालयले अनुशासन, गुणस्तर र प्रविधिमैत्री शिक्षामा पु¥याएको योगदानको प्रशंसा गर्दै समावेशी तथा सबैको पहुँचमा शिक्षा पु¥याउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्याब्सन धनुषाका पदाधिकारीले जिल्लामा शिक्षा क्षेत्रमा देखिएका समस्या, चुनौती र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए । परिषद् भेलाले सङ्गठन सुदृढीकरण तथा भावी कार्यक्रमसम्बन्धी विभिन्न प्रस्ताव पारित गरेको जनाइएको छ । भेलामा शिक्षक, विद्यालय सञ्चालक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

धनुषा प्याब्सनका अध्यक्ष नवल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सन्त कबिर बाल आश्रमका संस्थापक समाजसेवी सन्त सत्यनारायण आलोक, प्याब्सनका प्रदेश सचिव विष्णु न्यौपाने, शिक्षा समन्वय समिति धनुषाका अध्यक्ष चेतनाथ पोखरेल, विश्वलाल सिंह, डिजे चौधरीलगायत वक्ताहरूले निजी व्यावसायिक विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिमा खेलेको भूमिकाबारे आआफ्ना विचार व्यक्त गर्नुभएको थियो ।