३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’

महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’
अ+ अ-

भोजपुर । न्यून शुल्कमा अङ्ग्रे्रेजी माध्यमबाट शिक्षण गराउँदै आएको भोजपुर नगरपालिका–७ स्थित समता स्कुलप्रति अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । महँगा निजी विद्यालयको शुल्क भार थेग्न नसक्ने अभिभावकका लागि यो विद्यालय व्यवहारिक विकल्पका रूपमा स्थापित हुँदै गएको हो ।

प्रारम्भमा प्रतिमहिना रु १०० शुल्कमा अङ्ग्रेजी माध्यमको शिक्षा प्रदान गर्ने उद्देश्यसहित स्थापना गरिएको यस विद्यालयले कोभिड–१९ महामारीपछि सञ्चालन खर्च धान्न कठिन भएपछि शुल्कमा सामान्य वृद्धि गरेको जनाएको छ । हाल सबै कक्षाका विद्यार्थीबाट प्रतिमहिना रु ७०० शुल्क लिइँदै आएको विद्यालयका प्रधानाध्यापक मुना पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार सबै कक्षामा समान शुल्क व्यवस्था गरिएको छ ।

“समता स्कुलले सुरुमा रु १०० मै शिक्षा प्रदान गर्दै आएको थियो”, प्रधानाध्यापक पाण्डेले भन्नुभयो, “कोभिडपछि संस्थापक तहबाट आवश्यक बजेट व्यवस्थापन हुन नसक्ने अवस्था आएपछि सामान्य शुल्क लिएर विद्यालय सञ्चालन गर्नुपरेको हो ।”

‘सबैका लागि शिक्षा’ भन्ने नारासहित विसं २०७५ मा ७५ विद्यार्थी र आठ शिक्षक–कर्मचारीबाट सञ्चालन गरिएको यस विद्यालयमा हाल ३४३ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा ८ सम्म पढाइ हुँदै आएको छ । आगामी नयाँ शैक्षिक सत्रदेखि कक्षा ९ सञ्चालन गर्ने तयारी भइरहेको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुमन प्रधानका अनुसार समता स्कुलले सुलभ शुल्कमा गुणस्तरीय अङ्ग्रे्रेजी माध्यमको शिक्षा प्रदान गर्दै आएको छ । विद्यार्थीको चाप बढ्दै गएपछि प्रवेश परीक्षामार्फत भर्ना लिने व्यवस्था गरिएको उहाँले बताउनुभयो । हाल विद्यालय १२ रोपनी जग्गा भाडामा लिएर सञ्चालन भइरहेको छ ।

“समता स्कुलप्रति विद्यार्थीको आकर्षण निरन्तर बढिरहेको छ”, अध्यक्ष प्रधानले भन्नुभयो, “विद्यार्थी सङ्ख्या बढेसँगै प्रवेश परीक्षा प्रणाली लागू गरेका हौँ, हामी नाफारहित नीतिअनुसार विद्यालय सञ्चालन गरिरहेका छौँ ।” सरकारी विद्यालयको खस्कदो शैक्षिक गुणस्तर र निजी विद्यालयको महँगो शुल्कका कारण समता विद्यालयप्रति आकर्षण बढेको उहाँको भनाइ छ । विद्यालयले जेहेन्दार, गरिब तथा विपन्न, दलित र अल्पसङ्ख्यक समुदायका बालबालिकालाई लक्षित गरी छात्रवृत्तिको व्यवस्थासमेत गरेको छ ।