३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण

चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
अ+ अ-

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारको देउरालीमा स्थानीयवासीले सरकारी निकायको सहयोगबिनै दृष्यावलोकन केन्द्र निर्माण गरेका छन् ।

भुवानी युवा परिवारले दुई वर्षअघि दिवङ्गत हुनुभएका संस्थापक सदस्य स्व कृष्णप्रसाद बरुवालको स्मृतिमा दृष्यावलोकनस्थल निर्माण गरेका हुन् । श्रमदान बाहेक करिब रु दुई लाख सहयोग जुटाएर देउरालीडाँडा पुग्ने पदमार्ग, रेलिङ, विश्रामस्थल निर्माण र सूचनापाटी स्थापना गरेको परिवारका अगुवा श्यामप्रसाद खड्काले बताउनुभयो ।

“देउरालीलाई पर्यटकीयस्थलको रुपमा विकास गर्नका लागि संस्थाका संस्थापक बरुवालको स्मृतिमा पूर्वाधार निर्माण गरेका हौँ”, उहाँले भन्नुभयो “पहाडको टुप्पोमा रहेको देउरालीमा पदमार्ग र रेलिङ तथा आराम गरेर दृष्यावलोकन गर्ने व्यवस्था मिलाएपछि पर्यटकलाई सहजका साथै सुरक्षित भएको छ ।”

भवानी युवा परिवारले रु एक लाख २० हजारसहित रु एक लाख ८५ हजार ५०० सहयोग जुटेको थियो । पाँच जनाले श्रमदानमा सहभागीलाई करिब रु १३ हजार बराबरको खाजा खुवाएका थिए । पैतीस जनाले सरदर दुई दिनका दरले श्रमदान गरेका थिए । सबैभन्दा बढी नौ दिन श्रमदान गर्नुभएका खड्काले थप रु तीन हजार बराबरको गिट्टी र बालुवा सहयोग गर्नुभएको छ ।

समुद्री सतहदेखि एक हजार ७८४ मिटर उचाइमा रहेको देउरालीबाट निलगिरि र अन्नपूर्ण हिमशृङ्खला, पहाडी भूगोल, ग्रामीण बस्ती, नागबेली परेर बगेको कालीगण्डकी नदीको दृष्यावलोकन गर्न सकिन्छ । घार, शिख, पाउद्वार, भुरुङ–तातोपानी, दाना, नारच्याङ गाउँ अवलोकन गर्न सकिने देउराली शान्त र एकान्त छ । पोखरेबगर–चित्रे–घोडेपानीको भुवानेदेखि १० मिटर पैदलयात्रा गरेपछि देउराली पुगिन्छ । त्यहाँ पुग्ने कच्ची सडक पनि छ ।

पोखरेबगर–चित्रे सडक विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको प्रमुख पर्यटकीयस्थल घोडेपानी जोडिन्छ । घोडेपानी घुम्न आउने पर्यटकको बसाइ लम्बाउन र स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउन देउरालीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गराउन पहल गरिएको अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।