२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार कस्तो रहने छ मौसम, यस्तो छ पूर्वानुमान



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार नेपालमा उल्लेखनिय मौसमी प्रणाली नभएको र दिउँसोबाट पश्चिमी न्यून चापीय प्रणालीको असर सुरु हुनेछ भएको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा सामान्यतया सफा रहने भएको हो।

देशको पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भु–भागका १–२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेपनि पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमको पूर्वानुमानले जनाएको छ ।

यसैगरी राति देशका पूर्वी भु–भाग लगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू–भाग सामान्यतया सफा रहने छ भने देशको पूर्वी तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

हाल देशको पहाडी भू–भागका केही स्थानमा आंशिक बदली रहेको छ।