२१ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरनिको राजमार्गमा कार दुर्घटनामा एकको मृत्यु, दुई घाइते



अ+ अ-

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा गएराति दुर्घटना भएको छ । 

भक्तपुरबाट तीव्रगतिमा काठमाडौंँतर्फ जाँदै गरेको बा.४च.५७६ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु र दुई घाइते छन् ।

अरनिको राजमार्ग खण्डमा सडकको बिचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा कारको पूर्ण क्षति भएको छ ।

(तस्बिर : रमेश गिरी, रासस)