१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसको उपचार गर्न छुट्टै कक्ष



अ+ अ-

हेटौँडा । हेटौँडा अस्पतालले कोरोना भाइरस उपचार गर्न छुट्टै ‘कोरोना भाइरस उपचार कक्ष ’तयार गरेको छ । वाग्मती प्रदेश सरकार अन्तर्गतको सबैभन्दा ठूलो अस्पतालका रुपमा यो अस्पताल रहेको छ । सो भाइरसका लक्षण देखिएका विरामी आएमा छुट्टै कक्षमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको अस्पतालका प्रमुख डा प्रवीण श्रेष्ठले जानकारी दिनुभयो ।

सामाजिक विकास मन्त्रालयको निर्देशनअनुसार अस्पतालले दुई वटा कोठा छुट्याएकोे छ । अस्पतालमा हाल दैनिक पाँचदेखि सात सयको हाराहारीमा बिरामी सेवा लिन आउने गरेका छन् ।

सेवा लिन आउने बिरामीमा कोरोना भाइरसको लक्षण हालसम्म देखिएको छैन । भाइरसको लक्षण देखिए तत्काल रगतको नमूना सङ्कलन गरी प्रयोगशालामा पठाइने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । अस्पतालले उपचारका लागि आउने बिरामीलाई सो भाइरससम्बन्धी सचेतना समेत गराइराखेको छ ।

यसैबीच प्रदेशको स्वास्थ्य निर्देशनालयले सो भाइरसको सङ्क्रमण फैलिन नदिन अपनाउनुपर्ने सावधानी तथा भाइरस फैलिएमा नियन्त्रणका लागि अपनाउन सकिने उपायका बारेमा छलफल गरेको छ ।

यस्तै वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले प्रदेशका सबै नागरिकलाई सक्षम गराउने लक्ष्य लिएको बताउनुभएको छ । हेटौँडा उपमहानगरपालिका–१४ मयुरधापमा अस्थायी प्रहरी चौकीको उद्घाटन गर्दै उहाँले नागरिकलाई सक्षम बनाउन सुरक्षाको प्रत्याभूति आवश्यक पर्ने उल्लेख गर्नुभयो ।

वाग्मती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरलगायतले सुरक्षाको प्रत्याभूति भएमा मात्र समाज सिर्जनशील हुने धारणा राख्नुभयो ।