२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

साग स्वर्ण विजेतालाई तारकेश्वरको २५ हजार



अ+ अ-

काठमाडौं । तारकेश्वर नगरपालिकाले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक जित्ने आफ्नो नगरपालिकाका खेलाडीलाई सम्मान गरेको छ । नगरपालिकाको छैटौँ नगरसभामा बिहीबार पदक जित्ने छ खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।

नगरपालिकाले सागमा स्वर्ण जित्ने करातेकी अनु अधिकारी र सुनिता महर्जन तथा साइक्लिङकी निष्मा श्रेष्ठलाई जनही रु २५ हजारसहित सम्मान गरेको हो । यस्तै सागमा रजत पदक जित्ने फेन्सिङकी कमला श्रेष्ठ तथा उसुकी मीना ग्ल्यान र विश्व बुढामगरलाई रु २० हजारसहित सम्मान गरिएको थियो ।

यस्तै शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुनेछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फ) कम्प्लेक्सको मैदानमा पहिलो खेल थ्रीस्टार क्लब र सङ्कटा क्लबबीच अहिले ११ः३० बजे हुनेछ । थ्रीस्टार १७ अङ्कसहित लिगको चौथो स्थानमा छ भने सङ्कटा १५ अङ्कसहित पाँचौँ स्थानमा छ ।

अर्को खेल दिउँसो ३ बजे नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबबीच हुनेछ । पुलिस क्लब १४ अङ्कका साथ लिगको आठौँ स्थानमा छ । ब्रिगेड ब्वाइज आठ अङ्कसहित ११औँ स्थानमा छ ।