१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साग स्वर्ण विजेतालाई तारकेश्वरको २५ हजार



अ+ अ-

काठमाडौं । तारकेश्वर नगरपालिकाले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक जित्ने आफ्नो नगरपालिकाका खेलाडीलाई सम्मान गरेको छ । नगरपालिकाको छैटौँ नगरसभामा बिहीबार पदक जित्ने छ खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।

नगरपालिकाले सागमा स्वर्ण जित्ने करातेकी अनु अधिकारी र सुनिता महर्जन तथा साइक्लिङकी निष्मा श्रेष्ठलाई जनही रु २५ हजारसहित सम्मान गरेको हो । यस्तै सागमा रजत पदक जित्ने फेन्सिङकी कमला श्रेष्ठ तथा उसुकी मीना ग्ल्यान र विश्व बुढामगरलाई रु २० हजारसहित सम्मान गरिएको थियो ।

यस्तै शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुनेछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फ) कम्प्लेक्सको मैदानमा पहिलो खेल थ्रीस्टार क्लब र सङ्कटा क्लबबीच अहिले ११ः३० बजे हुनेछ । थ्रीस्टार १७ अङ्कसहित लिगको चौथो स्थानमा छ भने सङ्कटा १५ अङ्कसहित पाँचौँ स्थानमा छ ।

अर्को खेल दिउँसो ३ बजे नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबबीच हुनेछ । पुलिस क्लब १४ अङ्कका साथ लिगको आठौँ स्थानमा छ । ब्रिगेड ब्वाइज आठ अङ्कसहित ११औँ स्थानमा छ ।