२७ श्रावण २०८३, बुधबार
,
Latest
जनआस्था सम्पादक किशोर श्रेष्ठ पक्राउ एमाले र नेकपाद्वारा लुम्बिनी प्रदेशका मसालसँग सत्ता सहकार्य थुनुवा–कैदीको मानव अधिकार अवस्थाबारे उपसमितिको प्रतिवेदन कार्यान्वयन गरिने कोशी प्रदेश सरकारबाट पाँच मन्त्रीले दिए राजीनामा नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छः अर्थमन्त्री डा वाग्ले शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थले नै लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः परराष्ट्रमन्त्री खनाल राष्ट्रिय सतर्कता केन्द्रद्वारा गत आवमा ७२ प्रतिशत उजुरी फर्छ्योट, सेवा सन्तुष्टि मापनका लागि क्युआर कोड… सेती पुल निर्माणले गति लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस महामन्त्रीद्वयलाई विनोद चौधरीको आग्रहः नेतृत्वमा पुग्ने यात्रालाई अधुरो नछोड्नुस्



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका निःवर्तमान सांसद एवं उद्योगपति विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीको नेतृत्वमा पुग्ने अभियानबाट पछि नहट्न आग्रह गर्नुभएको छ ।

आईतवारबाट काठमाडौंमा शुरु भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । नेता चौधरीले विशेष महाधिवेशन पक्षधरहरुले युवा नेतृत्व चाहेको र त्यो अभियानलाई महामन्त्रीद्वय थापा र शर्माले अधुरो छोडन नमिल्ने समेत बताउनु भयो । उहाँले महामन्त्रीद्वयले पार्टीको नेतृत्व लिनुपर्ने र मुलुकलाई युवाहरुको सपना पूरा हुनेगरी विकासको खुड्किलोमा अघि बढाउनुपर्ने बताउनु भयो । नेता चौधरीले मुलुकमा बलियो अर्थतन्त्र निर्माण गर्ने काममा पनि अगुवाई काँग्रेसबाट भएको हेर्न चाहेको समेत बताउनु भयो । उहाँले आगामी निर्वाचनमा नेपाली काँग्रेसले ५० प्रतिशत भन्दा बढी युवाहरुलाई उम्मेदवार बनाउनुपर्ने प्रश्ताव समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसले कम्सेकम ५० प्रतिशत नयाँ अनुहारहरुलाई अब आउने निर्वाचनमा उम्मेदवार बनाएको देख्न चाहन्छ । नेपाली काँग्रेसले जेनजीको भावना बोकेकाहरुलाई पार्टी नेतृत्वको रुपमा उभ्याएको देख्न चाहन्छ । कुनै पनि मान्छेले राजनीतिलाई पेशा होइन, समाजलाई रुपान्तरण गर्ने समाजको एउटा प्लेटफर्मको रुपमा खुला हृदयले आमन्त्रणका साथ भित्रयाएको हेर्न चाहन्छ । त्यस्तो नेपाली काँग्रेस जसले २०४८ सालमा यो देशको आर्थिक रुपान्तरण नै ग¥यो । नेपाली काँग्रेसले राजनीतिक रुपान्तरण मात्रै होइन आर्थिक रुपान्तरण नै २०४८ सालमा गरेको र त्यसैआधारमा त्यही आधारमा आजसम्म पनि देश कुनै न कुनै त्यही रुपमा चलिराखेको छ । फेरी नेपाली काँगे्रसले ती पुराना जेलनेल भोगेको पोलिटिकलका साथसाथ अर्थतन्त्रलाई एउटा बलियो दिशा दिनसक्ने, एउटा सक्रियताका साथ ती प्रकृतिले दिएको अवसरहरुलाई सार्थक बनाउन सक्ने त्यस्तो किसिमको एउटा अर्थतन्त्र निर्माण गर्न सक्ने । यी दुवै पक्षलाई लिएर जान सक्ने एउटा बलियो साझेदारीलाई लिएर जान सक्ने युवाहरुको सपनालाई सार्थक बनाउन सक्ने प्रतिवद्धता भएको पार्टी देख्न चाहेको छ । म आज मञ्चबाट दुवै महामन्त्रीलाई बधाई दिन चाहन्छु–अगाडि बढनुहोस् । आजको यो यात्रालाई अधुरो नछोड्नुस् । यसलाई एउटा निर्णायक ठाउँमा पु¥याउनुहोस् । अब यो नेपालले कुर्नै नसक्ने अवस्थामा पुगेको नेपाललाई विकासको त्यो खुडकिलोमा पु¥याउनुहोस् ।’

नेता चौधरीले नेपाली काँग्रेसले जेन–जीको भावनाअनुसार चल्नुपर्ने समेत बताउनु भयो ।