१ पुष २०८२, मंगलवार
,
Latest
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प (फोटो फिचर) एमालेको मतदान स्थगित, भोली बिहान ८ बजेबाट सुरु हुने काठमाडौँमा बढ्दो वायु प्रदूषणको समस्या र न्यूनीकरणका उपाय आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु कृषि उत्पादन बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्छः मन्त्री परियार सरकार र नागरिक बचाउ अभियानका टोलीबीच वार्ता निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैनः मन्त्री सिन्हा स्वास्थ्यचौकीलाई उपकरण सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा म्यानमार हत्याको निन्दा



अ+ अ-

न्यूयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले बुधबार म्यानमारको काया राज्यमा डिसेम्बर २५ मा चार बालबालिका र दुई मानवीय कामदारहरू सहित कम्तिमा ३५ व्यक्तिको हत्याको निन्दा गरेको छ।

राजदूतहरूले एक विज्ञप्तिमा जवाफदेहिता र 'सबै हिंसाको तत्काल अन्त्य' गर्न आह्वान गरेका छन् । परिषद्का सदस्यहरूले मानवअधिकारको सम्मान र नागरिकको सुरक्षा सुनिश्चित गर्ने महत्त्वमा जोड दिएका छन्। साथै उनीहरूले आवश्यकतामा परेका सबै मानिसहरूको लागि सुरक्षित र निर्वाध मानवीय पहुँच,  मानवीय र चिकित्सा कर्मचारीहरूको पूर्ण सुरक्षाको आवश्यकतालाई पनि जोड दिएका छन्।

राजदूतहरूले म्यानमारको सार्वभौमसत्ता, राजनीतिक स्वतन्त्रता, क्षेत्रीय अखण्डता र एकताप्रति बलियो प्रतिबद्धताका साथ म्यानमारका जनता र देशको लोकतान्त्रिक सङ्क्रमणप्रतिको समर्थनलाई पुनः दोहोर्याकएका छन्।

विश्वसनीय रिपोर्टहरूका अनुसार दुई १७ वर्षीय किशोरहरू, एक किशोरी र करिब पाँच वर्षको बच्चा सहित चार बालबालिकाको मृत्यु भएको बताइएको छ । (रासस/एएनआई)