१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा म्यानमार हत्याको निन्दा



अ+ अ-

न्यूयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले बुधबार म्यानमारको काया राज्यमा डिसेम्बर २५ मा चार बालबालिका र दुई मानवीय कामदारहरू सहित कम्तिमा ३५ व्यक्तिको हत्याको निन्दा गरेको छ।

राजदूतहरूले एक विज्ञप्तिमा जवाफदेहिता र 'सबै हिंसाको तत्काल अन्त्य' गर्न आह्वान गरेका छन् । परिषद्का सदस्यहरूले मानवअधिकारको सम्मान र नागरिकको सुरक्षा सुनिश्चित गर्ने महत्त्वमा जोड दिएका छन्। साथै उनीहरूले आवश्यकतामा परेका सबै मानिसहरूको लागि सुरक्षित र निर्वाध मानवीय पहुँच,  मानवीय र चिकित्सा कर्मचारीहरूको पूर्ण सुरक्षाको आवश्यकतालाई पनि जोड दिएका छन्।

राजदूतहरूले म्यानमारको सार्वभौमसत्ता, राजनीतिक स्वतन्त्रता, क्षेत्रीय अखण्डता र एकताप्रति बलियो प्रतिबद्धताका साथ म्यानमारका जनता र देशको लोकतान्त्रिक सङ्क्रमणप्रतिको समर्थनलाई पुनः दोहोर्याकएका छन्।

विश्वसनीय रिपोर्टहरूका अनुसार दुई १७ वर्षीय किशोरहरू, एक किशोरी र करिब पाँच वर्षको बच्चा सहित चार बालबालिकाको मृत्यु भएको बताइएको छ । (रासस/एएनआई)