शुक्रबार चीनलाई नेपालले एक लाख प्रोटेक्टिभ मास्क सहयोग गरेको छ । परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलाई मास्क प्रदान गरेका हुन्।
परराष्ट्र मन्त्रालयले चीनसँगको मित्रताको प्रघाडता स्वरूप एक लाख प्रोटेक्टिभ मास्क प्रदान गरेको पनि जनाएको छ। बालुवाटारमा बिहीबार बसेको बैठकमा चीनलाई मास्क सहयोग गर्ने निर्णय भएको थियो ।
डिसेम्बर अन्तिम सातादेखि हुबेई प्रान्तको राजधानी वुहानबाट फैलिएको भाइरसका कारण बिहीबारसम्म ६ सय ३०जनाको ज्यान गइसकेको छ।